पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

सिमकोट। सर्केगाड गाउँपालिका-१ को जैर गाउँ स्याँडीवनमा पिङ खेल्ने क्रममा पिङको डोरी चुँडिएर घाँटीमा बेरिँदा नौ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिया दमाईंका छोरा धौला रहेका छन्। गोठालो जाने स्याँडीवन गाउँभन्दा टाढा रहेकाले गाउँबाट मान्छे घटनास्थलमा पुग्दासम्म बालकको मृत्यु भइसकेको जनाइएको छ। (रासस)

सम्बन्धित सामग्री

पिकअपले किच्दा बालकको मृत्यु

इलामको सूर्याेदय नगरपालिका–४, अन्तुमा पिकअपले किच्दा डेढवर्षे बालकको मृत्यु भएको छ।

नहरमा डुबेर बालकको मृत्यु

सर्लाहीको बागमती नगरपालिका ८ सोल्टीमा नहरको पानीले बगाएर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।...

पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो । पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४...

झाडापखालाबाट तुल्सीपुरमा एक बालकको मृत्यु, चार बिरामी

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।