पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर एक बालकको मृत्यु भएको छ । कटहरिया नगरपालिका–५ निवासी भुटलाल यादवका १२ वर्षीय छोरा मुकेश यादवको मंगलबार अपरान्ह मृत्यु भएको हो ।पिङ खेल्दा पिङको डोरी घाँटीमा अल्झेर उनी अचेत भएका थिए । तत्काल उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ केन्द्रमा लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख एवं प्रहरी नायब निरीक्षक सुरेश गुप्ताले बताए ।मृतक यादव जनता मावि कटहरियामा कक्षा ४ मा अध्ययन गरिरहेका थिए । शवलाई पोस्टमार्टमका लागि