ज्योति लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् प्रस्ताव

ज्योति लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले साउन २४ गते पोखराको लेकसाइड स्थित वाटर फ्रन्ट रिसोर्टमा सभा आह्वान गरेको हो ।सभामा मर्जर समबन्धि प्रस्ताव पेश हुने छ । कम्पनीले सूर्या लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको छ । मर्जर सम्झौताका कारण कम्पनीको शेयर कारोबार असार १३ गतेदेखि रोक्का छ । सो मिति सम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन् ।यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु :१)  (क) नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरि अन्य कुनै जीवन बीमा कम्पनीसंग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्ने एवं संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि संचालक समितिबाट मर्जर समिति गठन गरिएको बारेको निर्णय अनुमोदन गर्ने सम्बन्धमा । (ख) यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाम्ने, गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्र (MOU) को मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने बिषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गर्ने सम्बन्धमा । (ग) कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता तथा लेखापरिक्षकको नियुक्ती गर्ने सम्बन्धमा कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन कार्य (DDA) गर्नका लागि संचालक समितिबाट मुल्याङ्कनकर्ता नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने गरि भएको निर्णय अनुमोदन गर्ने सम्बन्धमा ।२) एक आपसमा गाम्ने, गाभिने तथा प्राप्ती गर्ने प्रयोजनका लागि आवश्यकता अनुसार बीमाडीय मुल्याङ्कनका लागि परामर्शदाता, मुल्याङ्कनकर्तालगायत कानूनी परामर्शदाता र अन्य विज्ञ नियुक्त गर्ने, निजहरूको पारिश्रमिक तोक्ने तथा कम्पनी एक आपसमा गान्ने, गाभिनेसँग सम्बन्धीत प्रचलित नियम, कानून तथा निर्देशनहरू बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रकृयाहरू पुरा गरि अख्तियार प्राप्त निकायबाट स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमोजिम विवरणहरू उपलब्ध गराउने लगायत कम्पनी गाभ्ने, गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा । ३) कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०:३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन (Conversion) गरि कम्पनीको शेयर स्वमित्व संरचना ५१:४९ प्रतिशतको अनुपात कायम गर्ने सम्बन्धमा । ४) उपरोक्त प्रस्ताव नं ३ को व्यवस्था समेत समावेश गरि कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने सम्बन्धमा । ५) उपरोक्त प्रस्तावहरूको सम्बन्धमा सम्बन्धीत निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव दिएमा सोहि बमोजिम गर्न गराउन तथा अभिलेख गर्दा गराउँदा केहि हेरफेर गर्न संशोधन सम्बन्धी कागजात प्रमाणीत गर्न, दाखेल खारेज गर्न र सम्बन्धीत निकायबाट अभिलेख गराई लिन समेत संचालक समितिलाई अख्तियार दिने सम्बन्धमा । 

सम्बन्धित सामग्री

ज्योति लाइफको साधारणसभामा मर्जरको प्रस्ताव पारित

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि तय भएको स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ । पोखरामा भएको साधारणसभाले यी दुई कम्पनीबीच एकबराबर ०.८२४५ कित्ता...

ज्योति लाइफले लाभांश नदिने

ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७७/७८ को लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ  । कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लेखा परिक्षण प्रतिवेदन पारित गरि स्वीकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको हो  ।कम्पनीले लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो । हाल ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेका छन् । ज्योति लाइफले मर्जर प्रस्ताव पारित गर्न साउन २४ गते पोखराको लेकसाइड स्थित वाटर फ्रन्ट रिसोर्टमा विशेष साधारणसभा आह्वान गरेको हो ।

ज्योति लाइफले १०% बोनस शेयर दिने

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभाले आ. व. ०७६/७७ को वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व.०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू र पेश गर्नुका साथै आ.व.०७६/७७ को लागि  बाह्य लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ । साथै उक्त सभामा ज्योति लाइफले आफ्ना शेयरधनीहरुमा १० प्रतिशतले हुन आउने रु. बाईस करोड बराबरको बाईस लाख कित्ता बोनस शेयर वितरण गर्...

लाभांश पारितका लागि ज्योति लाइफ इन्स्योरेन्सले फागुन ६ गते बोलायो साधारण सभा

फागुन ३, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा शुक्रवार (फागुन ६ गते) गर्ने भएको छ । कम्पनीले वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरा १८, कास्कीमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

ज्योति लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

माघ २३, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आजसम्म रहेको छ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गरेसँगै  आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले आव २०७६/ ७७ को मुनाफाबाट  शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी फागुन ६ गते साधारण सभा बोलाएको छ ।  कम्पनीले सभा वाटरफ्रन्ट रिर्सोट लेकसाइड, पोखरा -  १८ कास्कीमा साधारण सभा गर्ने बताएको छ ।

ज्योति लाइफ इन्स्योरेन्सको दोस्रो त्रैमाससम्मको खुद नाफा १३ करोडभन्दा बढी

माघ १७, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. १३ करोड ४० लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. १० करोड ७८ लाखभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा २४ दशमलव २३ प्रतिशत वृद्धि भएको हो ।  यस वर्ष कम्पनीले रू. १ अर्ब ७१ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष यस अवधिमा रू. १४ करोड ४५ लाखभन्दा बढी कुल बीमाशुल्क कम्पनीले आर्जन गरेको थियो । यस वर्ष गत वर्षभन्दा १८ दशमलव ६२ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गर्न कम्पनी सफल भएको हो ।  यस वर्ष कम्पनीले रू. १ अर्ब ४४ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । यो रकम गत वर्ष रू. ३ करोड १ लाखभन्दा बढी मात्र थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले ३७९ दशमलव ५६ प्रतिशत बढी कुल दाबी भु्क्तानी गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २० करोड रहेको छ । कम्पनीले यस वर्ष अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले फागुन ६ गतेको वार्षिक साधारण सभाबाट पारित गर्दैछ ।  कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ५१ प्रतिशत बढी अर्थात् रू. ७२ करोड ९० लाख रहेको छ भने जीवन बीमा कोषमा रू. ५ अर्ब १४ करोड ४४ लाखभन्दा बढी छ । गत वर्षभन्दा ७६ दशमलव ३० प्रतिशत बढी यस वर्ष कम्पनीले बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ । गत वर्ष रू. ३९ करोड ९९ लाखभन्दा बढी कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ५६ करोड ४५ लाखभन्दा बढी प्रवाह गरेको हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १२ दशमलव १८ र प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ८८ रहेको छ ।

लाभांश पारितका लागि बोलायो ज्योति लाइफ इन्स्योरेन्सले फागुन ६ मा साधारण सभा

माघ १३, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा फागुन ६ गते गर्ने भएको छ । सभा वाटर रिसोेर्ट लेकसाइड पोखरा १८ कास्कीमा बिहान ११ बजे शुरु गर्ने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी, सभाले २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी, कम्पनीले आव २०७६/७७ मा काभिड १९ पीडितको उपचारको लागि सहयोग स्वरुप नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको रकम रू. ७ लाख ५० हजारलाई कम्पनी ऐन बमोजिम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २३ गते बुक क्लोज गरेको छ । यस आधारमा माघ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

ज्योति लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, बोनस शेयरमा  जोड

माघ ९, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश संशोधन गरेको छ । गत माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गरी १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले बीमा समितिको निर्देशन अनुसार यस अघिको प्रस्तावित लाभांश संशोधन गरेको हो । यसभन्दा अगाडि कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५२६३ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको थियो । यसआधारमा कम्पनीको बोनस शेयर बढेको छ ।  प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । १० प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४२ करोड पुग्नेछ ।