माघ ९, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश संशोधन गरेको छ ।
गत माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गरी १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले बीमा समितिको निर्देशन अनुसार यस अघिको प्रस्तावित लाभांश संशोधन गरेको हो । यसभन्दा अगाडि कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५२६३ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको थियो । यसआधारमा कम्पनीको बोनस शेयर बढेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । १० प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४२ करोड पुग्नेछ ।