ज्योति लाइफद्वारा मर्जर प्रस्ताव पारित, संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंगलवार विशेष साधारण सभा सम्पन्न  गरेको छ।  उक्त सभाले मर्जर प्रस्ताव पारित गरेको हो ।नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी यो निर्णय गरिएको कम्पनीले जनाएको छ ।  जसअनुसार सभाले सूर्या लाइफ इन्स्योरेन्स तथा ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौतापत्रको मस्यौदालाई स्वीकृति गरेको छ । सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदा

सम्बन्धित सामग्री

ज्योति लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् प्रस्ताव

ज्योति लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले साउन २४ गते पोखराको लेकसाइड स्थित वाटर फ्रन्ट रिसोर्टमा सभा आह्वान गरेको हो ।सभामा मर्जर समबन्धि प्रस्ताव पेश हुने छ । कम्पनीले सूर्या लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको छ । मर्जर सम्झौताका कारण कम्पनीको शेयर कारोबार असार १३ गतेदेखि रोक्का छ । सो मिति सम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन् ।यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु :१)  (क) नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरि अन्य कुनै जीवन बीमा कम्पनीसंग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्ने एवं संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि संचालक समितिबाट मर्जर समिति गठन गरिएको बारेको निर्णय अनुमोदन गर्ने सम्बन्धमा । (ख) यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाम्ने, गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्र (MOU) को मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने बिषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गर्ने सम्बन्धमा । (ग) कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता तथा लेखापरिक्षकको नियुक्ती गर्ने सम्बन्धमा कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन कार्य (DDA) गर्नका लागि संचालक समितिबाट मुल्याङ्कनकर्ता नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने गरि भएको निर्णय अनुमोदन गर्ने सम्बन्धमा ।२) एक आपसमा गाम्ने, गाभिने तथा प्राप्ती गर्ने प्रयोजनका लागि आवश्यकता अनुसार बीमाडीय मुल्याङ्कनका लागि परामर्शदाता, मुल्याङ्कनकर्तालगायत कानूनी परामर्शदाता र अन्य विज्ञ नियुक्त गर्ने, निजहरूको पारिश्रमिक तोक्ने तथा कम्पनी एक आपसमा गान्ने, गाभिनेसँग सम्बन्धीत प्रचलित नियम, कानून तथा निर्देशनहरू बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रकृयाहरू पुरा गरि अख्तियार प्राप्त निकायबाट स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमोजिम विवरणहरू उपलब्ध गराउने लगायत कम्पनी गाभ्ने, गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा । ३) कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०:३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन (Conversion) गरि कम्पनीको शेयर स्वमित्व संरचना ५१:४९ प्रतिशतको अनुपात कायम गर्ने सम्बन्धमा । ४) उपरोक्त प्रस्ताव नं ३ को व्यवस्था समेत समावेश गरि कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने सम्बन्धमा । ५) उपरोक्त प्रस्तावहरूको सम्बन्धमा सम्बन्धीत निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव दिएमा सोहि बमोजिम गर्न गराउन तथा अभिलेख गर्दा गराउँदा केहि हेरफेर गर्न संशोधन सम्बन्धी कागजात प्रमाणीत गर्न, दाखेल खारेज गर्न र सम्बन्धीत निकायबाट अभिलेख गराई लिन समेत संचालक समितिलाई अख्तियार दिने सम्बन्धमा ।