ज्योति लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

माघ २३, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आजसम्म रहेको छ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गरेसँगै  आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले आव २०७६/ ७७ को मुनाफाबाट  शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी फागुन ६ गते साधारण सभा बोलाएको छ ।  कम्पनीले सभा वाटरफ्रन्ट रिर्सोट लेकसाइड, पोखरा -  १८ कास्कीमा साधारण सभा गर्ने बताएको छ ।