फागुन ३, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा शुक्रवार (फागुन ६ गते) गर्ने भएको छ ।
कम्पनीले वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरा १८, कास्कीमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।