स्थानीय तहका जनप्रतिनिधिहरु जनताको सेवा प्रवाह गर्नुको साटो विकास निर्माणदेखि जनताका सेवा सुविधाका लागि आउने बजेटमा व्यापक अनियमितता गरी आफ्नो गोजी भर्न व्यस्त देखिएका छन् । यसको ज्वलन्त उदाहरणको रुपमा धनुषाको गणेशमान चारनाथ नगरपालिकाका जनप्रतिनिधि देखिएका छन् ।गणेशमान चारनाथ नगरपालिका जनप्रतिनिधिले भत्ता तथा अवलोकनको नाममा लाखौ रुपैयाँको अनियमितता गरेको पाइएको छ । अनियमिततामा नगर प्रमुखदेखि उपप्रमुख, वडाअध्यक्षसम्मको संलग्नता रहेको पाइएको हो । अवलोकन भ्रमण भत्ता, इन्धन खर्च, खाजा खर्च लगायतको श