ट्रयाक खुलेको १२ वर्षमा पनि गाडी गुड्न लायक बनेन सडक

म्याग्दी  : जिल्लाको  बेनी-भकुण्डे मोटरबाटो ट्याक खुलेको १२ वर्ष बितिसक्दा पनि यातायातका साधनहरू संचालन हुन सकेका छैनन्।०६६ सालमा ट्याक खुलेको,  साढे ७ किमि दूरीको बेनी—भकुण्डे सडकको  मर्मतका लागि अहिलेसम्म लाखौं रुपैयाँ खर्च गरिएको भए पनि न त्यो सडकमा  यातायातका साधनहरु संचालन हुन नसकेपछि  सडक मर्मतका नाममा खर्च भएको लाखौं  रकम बालुवामा पानी हाले जस्तै भएको स्थानीयको गुनासो रहेको छ।यस सडकको ट्याक खुलेदेखि अहिलेसम्म ट्याक्टर, साना जिप र मोटर साइकलबाहेक ठू

सम्बन्धित सामग्री

सांसद खड्का चढेको गाडी दुर्घटनाले धरान–धनकुटा सडक नै अवरुद्ध

काठमाडौं, मंसिर १७ । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री दीपक खड्का चढेको गाडी धनकुटामा दुर्घटना हुँदा धरान–धनकुटा सडक अवरुद्ध भएको छ । खड्का सवार स्कोरपियो गाडी टिपरसँग ठोकिएर सडकमै थन्किएपछि सडक अवरुद्ध भएको हो । अर्को पनि दुर्घटना एकै ठाउँमा हुँदा तीन वटा गाडी सडकमै रहेकाले सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । […]

धादिङमा सडक बन्द हुँदा मालवाहक र लामाे दुरीका गाडी काठमाण्डाैमै राेकिए

काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा सडक बन्द हुँदा मालवाहक र लामाे दुरीका गाडी काठमाण्डाैमै राेकिएका छन् । मालवाहक र लामाे दुरीका गाडी काठमाण्डाैमै राेकिँदा कलङ्कीमा जाम भएकाे छ ।  धार्केकाे गणेश खोलामाथिको पुलमा भ्वाङ परेपछि सडक बन्द भएकाे हाे । अस्ति साेमवार दिउँसाे पुलमा भ्वाङ परेपछि बन्द भएकाे सडक हिजाे मङ्गलवार बिहान १० बजेतिर एकतर्फी खुलाइएकाे थियाे । सडक दुईतर्फी खुलाउने प्रयास भइरहेका बेलामा फेरि आज अर्को भ्वाङ परेको हो । स्थानीयवासीका अनुसार अस्ति सोमवार सडक भासिएपछि ग्याब...

आज र भोलि मुग्लिन–नारायणगढ सडक खण्डमा गाडी नरोकिने

काठमाण्डाै - मुग्लिन–नारायणगढ सडक खण्डमा आज र भोलि गाडी नरोकिने भएको छ । पुल बनाउनको लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको यो सडक खण्डमा माघे सङ्क्रान्तिका लागि आज र भोलि गाडी नरोकिने भएको हो । माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले आज र भोलि सडक पूर्णरुपमा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । यो सडक खण्डमा गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ । ...

न सडक बन्यो न गाडी नै चल्यो

कालिकोट रास्कोट नगरपालिका–२ खड्का गाउँका पृर्थी खड्का गाडी चल्ने सडक आउने भएपछि दंग परे । नगरपालिकाले सडकलाई पहिलो प्रथामिकतामा राखेर नौवटै वडामा सडक सञ्जाल जोड्न गहुँबाली फाँडेर डोजरले सडक खन्न सुरु गरेपछि पृर्थी मात्र होइनन्, गाउँका सबै खुसी भए । तर, अन्नबालीमै सडक खन्न दिएका स्थानीयले अहिले भने गाडी देख्न पाएका छैनन् । न खनेका […] The post न सडक बन्यो न गाडी नै चल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नागढुङ्गा–नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालन

काठमाण्डौ - काठमाण्डौको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानैदेखि चापमा गाडी चलिरहेका छन् । बिहान साढे ४ बजेतिर नागढुङ्गाको झ्याप्ले खोला नजिकै गाडी बिग्रिएकाले एकतर्फीरुपमा गाडी चल्दा चाप बढेको हो ।   बिग्रिएको गाडी हटाएर सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यतिबेला अन्य मख्य सडक खण्डमा भने गाडीको आवतजावत सामान्य छ । तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गर्दै आएको छ ।

नागढुङ्गा–नौबिसे सडक खण्डमा आज पनि जाम, गाडी एकतर्फी रुपमा चल्दै

काठमाण्डौ - काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा आज पनि जाम छ । यो सडक खण्डमा तीन वटा गाडी बिग्रिएकाले जाम भएको हो। बिहान केहीबेर दुईतर्फी नै ठप्प भएको सडक खण्डमा अहिले एकतर्फी गाडी चलिरहेका छन् । बिग्रिएको ग्यासको बुलेट बनाएपछि एकतर्फी बाटो खुलेको हो ।  ढलान र झ्याप्ले खोलामा पनि गाडी बिग्रिएकाले दुईतर्फी सडक खुलाउन सकिएको छैन। झ्याप्ले खोलामा टिपर र ढलानमा १० चक्के ठूलो गाडी बिग्रिएको प्रहरीले जनाएको छ । साँघुरो र घुम्ती सडक तर ठूलाठूला गाडी चल्ने भएकाले यो सडक खण्डमा हरेक ...

नारायणगढ-मुग्लिन सडक खण्डमा चापमा गाडी चल्दै

काठमाण्डाै - नारायणगढ- मुग्लिन सडक खण्डमा यतिबेला चापमा गाडी चलिरहेका छन् । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपे खोलामा गएको पहिरोका कारण गाडी चापमा चलेका हुन् । ट्राफिक प्रहरीका अनुसार त्यहाँ हिजो बेलुका साढे सात बजेतिर पहिरो खसेको थियो । पहिरो हटाएर अघि बिहान साढे ५ बजेदेखि सडक खुलाइएको छ । गाडीको लामो  लाइन भएकाले अहिले चाप बढेको हो । यतिबेला काठमाण्डौ उपत्यकासहित अन्य क्षेत्रमा भने सामान्य रुपमा गाडी चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

नागढुङ्गा-नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालन

काठमाण्डाै - काठमाण्डौको मुख्य नाका नागढुङ्गामा अहिले चापमा गाडी चलिरहेको छ । नागढुङ्गा भन्दा केही तल बस बिग्रिएकाले नागढुङ्गा-नौबिसे सडक खण्डमा अहिले एकतर्फी मात्रै गाडी चलिरहेकाे हाे । यसले गर्दा चाप बढेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बिग्रिएको बसलाई बनाउने काम भइरहेको छ । बस बनेपछि सडक दुईतर्फी नै खुलाइने छ । यो सडक खण्ड भएर हरेक दिन हजारौँ गाडी काठमाण्डौ भित्रने र बाहिरिने गर्छन् । साँघुरो सडक र गाडीको चाप धेरै हुँदा हरेक दिनजसो यो सडकमा जाम हुने गरेको छ।

रिल्मवासीले उधारोमै सडक निर्माण गरेर गाडी पुर्‍याए

सिमकोट – जिल्लाकै दूरदराजमा पर्ने अदानचुली गाउँपालिका–४ को रिल्म गाउँका स्थानीयले उधारोमा सडक निर्माण गरेर गाडी गाउँ पुर्‍याएका छन्। केही बजेटको व्यवस्था भएको र केही आउने आश्वासन पाएपछि उधारोमा सडक निर्माण गरेर स्थानीयले गाडी रिल्म गाउँमा पुर्‍याएका हुन्। स्थानीय नन्दराज शर्माका अनुसार दुई वर्ष लगातार स्थानीय उपभोक्ताले सडक निर्माण गरेर दुर्गमको रिल्म गाउँमा गाडी पुगेको […]

नवलपरासी बर्दघाट सुस्तापूर्व सडक खण्डमा नियमित गाडी चल्न सुरु

नवलपरासी - पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व सडक खण्डमा नियमित गाडी चल्न थालेका छन् । गएको बिहीवार नवलपुरको गैँडाकोट-२३ स्मृति नजिक बाढीले डाइभर्सन बगाए पछि बन्द भएको सडक खण्ड सोमवारदेखि एकतर्फी खुलाइएको थियो। आजदेखि भने दुईतर्फी नै गाडी चल्न थालेकाे ट्राफिक प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी पदम बढुले जानकारी दिनुभयो । गाडी वारपारका लागि नयाँ डाइभर्सन बनाए पनि पानी परिरहेकाले हिलो जम्दा दुईतर्फी गाडी चलाउन सकिएको थिएन । अहिले दुईतर्फी नै गाडी चल्न थाले पछि जाम घट्न थालेको छ । &...