कुल आचार्यको प्रतिवद्धता : नागरिकता र सम्पत्तिको अधिकार पहिलो प्राथमिकता

काठमाडौं : गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आगामी दुई वर्षमा संघको सदस्य संख्या कम्तिमा पाँच लाख पुर्‍याउने र राष्ट्रिय समन्वय परिषदको संख्या एक सय पुर्‍याउने घोषणा गरेका छन्।असोज १० मा काठमाडौंमा विशेष समारोहको आयोजना गरी उम्मेदवारी घोषणा गरेका आचार्यले भर्चुअल पत्रकार सम्मेलन गरी आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन्।आचार्यले सार्वजनिक गरेको प्रतिवद्धतामा प्रवासमा लाखौं नेपालीहरू रहेको भए पनि संघमा अपेक

सम्बन्धित सामग्री

एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

असोज ५, बागलुङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा पर्वतका कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् । आफ्नो गृह जिल्ला पर्वतको कुश्मा बजारमा पत्रकार सम्मेलन गरेर आचार्यले आइतवार केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आचार्य अघिल्लो अधिवेशनमा गोरखाका कुमार पन्तसँग पराजित भएका थिए । उनले अघिल्लो पटकभन्दा थप तयारी र सशक्त रुपमा उम्मेदवारी दिन लागेको जानकरी दिए ।  गैरआवासीय नेपालीहरुको हक हितलाई सुनिश्चित गर्नका लागि आफू अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको आचार्यले बताए । उनले पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने सर्वोच्च प्राथमिकता दिने बताए ।  उनले नेपाल सरकार तथा निजी क्षेत्रसँगको सहकार्यमा नेपलको सातै प्रदेशमा एनआएनए सीप विकास केन्द्र स्थापना गरिने, कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुका लागि एक एनआरएनए एक रोजगार अभियान शुरु गर्ने कार्ययोजना रहेको जानकारी दिए । गैरआवासीय नेपाली र नेपालमा रहेका उनीहरुका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलव्ध गराउन विभिन्न स्वास्थ्य संंस्थाहरुसँग सम्झौता गर्ने, विदेशमा हुर्किरहेका वालवालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाईल एप निर्माण गरी अनलाईन कक्षाहरु सञ्चालन गर्ने, एनआरएनए खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने आचार्य प्रतिबद्धता व्यक्त गरेका छन् । उम्मेदवारी घोषणाको क्रममा आचार्यले आफ्नो जन्मभूमि पर्वतको धाईरिङमा यस वर्षको बाढिपहिरोले विस्थापित बनेका परिवारहरुको पुर्नस्थापनाका लागि रू. १० लाख रुपैयाँ व्यक्तिगत रुपमा दिने घोषणा गरेका छन् ।  यस्तै पर्वतकै सदरमुकाम कुश्मा बजारको गुप्तेश्वर बहुमुखि क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालनका लागि रू. १ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । एनआरएनएको दशौं अन्तरराष्ट्रिय महाधिवेशन यही असेज २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ ।