अनुदानमा पूर्व कृषिमन्त्रीको रजाइँ

 हेटौंडा : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले २० बिघा जमिन चक्लाबन्दी गरेर एकीकृत व्यावसायिक मोडलमा कृषि गर्ने भन्दै लाखौं अनुदान झ्वाम पारेका छन्।पूर्वमन्त्री गजुरेलले भतिजा उदित गजुरेल प्रबन्ध निर्देशक रहेको सिन्धुली एग्रो कम्पनी प्रालिमार्फत बागमती प्रदेश सरकारबाट दुई वर्षमा ४१ लाख ७४ हजार रुपैयाँ अनुदान लिएका हुन्।कम्पनीले एकीकृत व्यावसायिक मोडलमा कृषि गर्ने भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा २० बिघा जग्गा भाडामा लिएको थियो तर उक्त जग्ग

सम्बन्धित सामग्री

माननीयको मनोमानी: विपन्नको अनुदानमा सम्पन्नको रजाइँ

कर्णाली प्रदेश सरकारले गरिब तथा विपन्न परिवारका लागि भनेर पठाएको अनुदानमा सम्पन्न परिवारले रजाइँ गरेको तथ्य फेला परेको छ।

माननीयको मनोमानी: विपन्नको अनुदानमा सम्पन्नको रजाइँ

कर्णाली प्रदेश सरकारले गरिब तथा विपन्न परिवारका लागि भनेर पठाएको अनुदानमा सम्पन्न परिवारले रजाइँ गरेको तथ्य फेला परेको छ।

किसानका नाममा को मोटाइरहेको छ ?

किसानको जीवनस्तर उकास्न भन्दै अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय संस्थाहरूको अनुदानमा चलेका परियोजनामा भैरहेको सरकारी अधिकारी र परामर्शदाताको मिलेमतो तथा रजाइँ विडम्बनापूर्ण छ । विश्व बैंक, अन्तर्राष्ट्रिय कृषि विकास कोष, खाद्य सुरक्षा कार्यक्रमजस्ता संस्थाहरूको ऋण तथा अनुदानमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सञ्चालन गरेका चार आयोजनाका परामर्शदाताले मात्रै झन्डै ८९ करोड खर्च बुझ्दा किसानहरू भने जहाँको तहीँ छन् । कतिपय आयोजनाको दुईतिहाइ समय सकिँदा प्रगति भने एकतिहाइ पनि भएको छैन ।

पर्यटक गाडीमा कर्मचारी र पदाधिकारीको रजाइँ

पर्यटकको सुविधाका लागि अनुदानमा प्राप्त विद्युतीय भ्यान/ट्याक्सीमा अहिले लुम्बिनी विकास कोषका कर्मचारी र बोर्डका पदाधिकारीले रजाइँ गरिरहेका छन् । विश्व सम्पदा स्थल लुम्बिनीलाई वातावरण प्रदूषणरहित बनाउन एसियाली विकास बैंकको अनुदानमा प्राप्त भएका १४ वटा भ्यान/ट्याक्सी र पाँचवटा बसमध्ये ९ वटा भ्यान/ट्याक्सी कर्मचारी र पदाधिकारीको निवास, बिहार र क्वार्टरमा छन् । बस पनि बिनायोजना अव्यवस्थित रूपमा सञ्चालन गर्दा बिग्रिएर थन्केका छन् ।

कृषि अनुदानमा टाठाबाठाकै रजाइँ

कुपिण्डे कृषि फर्म प्रालिको नाममा घरेलुमा उद्योग दर्ता गरेका बन्गाड कुपिण्डे नगरपालिका ९ सेराका पूर्णबहादुर बुढाथोकीले कृषि, पशु, वन, घरेलुमा अनुदान तथा सामग्री खरिदका लागि प्रत्येक वर्ष प्रस्ताव पेस गर्दै आएका छन् । उनले गतबर्ष र यो वर्ष कृषि, वन, घरेलुमा प्रस्ताव पेस गर । पटकपटक प्रस्ताव पेस गरे पनि उनले अहिलेसम्म कुनै कार्यालयबाट अनुदान पाउन सकेका छैनन ।