यूएन मिसनको प्रश्नपत्र लिक प्रकरणः दुई प्रहरी निलम्बनमा, परीक्षा रद्द

काठमाडौँ– संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि-स्याट) को प्रश्नपत्र लिक प्रकरणमा दुईजना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार छानविन समितिले सिफारिस गरेका आधारमा हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई निलम्बन गरिएको हो । कुँवरले खबरहबसँग भने, ‘समितिको सिफारिसका आधारमा हामीले अहिले दुईजनालाई […]

सम्बन्धित सामग्री

शान्ति मिसनको परीक्षा त्रुटिरहित बनाउन आईजीपीको निर्देशन

शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–एएमएस)लाई त्रुटिरहित बनाउन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयको युएन शाखाले यसअघि लिएको परीक्षाको प्रश्नपत्र लिक भएको थियो । प्रश्नपत्र लिक गराउने मुख्य ३ जना सहित ११ जना प्रहरी अधिकारी कारवाहीको  प्रक्रियामा छन् ।शुक्रवार अपराध अनुसन्धान विभाग र युएन शाखाका प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै आईजीपी थापाले परीक्षा मर्यादित बनाउन सम्बन्धित प्रहरी कर्मचारीहरूले पूर्ण इमान्दारीता एवम्

यूएन मिसनको प्रश्नपत्र लिक प्रकरणमा १४ जना दोषी

काठमाडौँ– संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र लिक भएको (परीक्षा अगावै बाहिरिएको) पुष्टि भएको छ । प्रश्नपत्र लिक भएको आशंकामा छानविन लागि गठित समितिले प्रश्नपत्र लिक भएको ठहर गर्दै तीन जना प्रहरीलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको […]

प्रहरीको प्रश्नपत्र लिक प्रकरण : डिजिटल फरेन्सिक रिपोर्ट कुर्दै छानविन समिति

शान्ति मिसनमा जानुअघि प्रहरीले लिने आन्तरिक परिक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएको बारे छानविन अन्तिम चरणमा पुगेको छ । प्रहरी प्रधान कार्यालयले डिआइजी वसन्त लामाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । प्रश्नपत्र परिक्षा हुनुभन्दा दुई दिनअघि नै ‘लिक’ भएको छानबिनबाट थाहा भएको छ ।  प्रश्नपत्र ‘लिक’ गर्नेहरुको मोवाइल जफत गरेर समितिले डिज

यूएन परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरणः अनुसन्धान अन्तिम चरणमा

काठमाडौँ– संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि प्रहरीले लिने परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र ‘लिक’ भएको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । डीआईजी बसन्त लामा नेतृत्वको छानविन समितिले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेर छानविन अन्तिम चरणमा पुर्‍याएको हो । अनुसन्धानमा संलग्न एक अधिकारले खबरहबसँग भने, ‘हामीले प्रश्नपत्र ‘लिक’ प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएका […]

हवल्दारको बयान–‘डिएसपी सा’पलाई प्रश्नपत्र मैले दिएको हुँ !’

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा जानका लागी प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएको बारे छानबिन गर्न गठित समितिले शंकास्पदहरुसँग बयान लिइरहेको छ । साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । प्रश्नपत्र परीक्षा हुनुभन्दा दुई दिन अघि नै ‘लिक’ भएको छानबिनबाट थाहा भएको छ । डिआईजी वसन्त लामा नेतृत्वको समितिले बिहीबार प्रहरी हवल्दार कुमार शाहसँग बयान लिएको छ । ८ व

यूएन मिसनको प्रश्नपत्र एसपीको घर्राबाट लिक ! दुई जना पक्राउ

काठमाडौँ– संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र ‘लिक’ भएको आशंकामा छानविनका क्रममा  प्रहरी प्रधान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीकै साइबर ब्यूरोमा कार्यरत एक जना र युएन शाखामा कार्यरत कार्यालय सहयोगी एक एक पक्राउ परेका छन् । उनीहरुलाई नक्सालस्थित सशस्त्र […]

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा छानबिन

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागी नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र बाहिरिएको आशङ्का गरिएको छ । प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा प्रहरी प्रधान कार्यालयले त्यसबारे छानबिन सुरु गरेको छ ।  प्रहरी प्रधान कार्यालयको युएन शाखाले त्यसबारे छानबिन सुरु गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । कुँवरले भने–‘शङ्काको आधारमा छानबिन हुँदै छ ।’ साउन १६ मा प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्या