शान्ति मिसनको प्रश्नपत्र ‘लिक’ प्रकरण : प्रश्न तयार गर्ने शाखाका डिएसपी पनि परीक्षार्थी

संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा प्रहरी हेडक्वार्टरले आन्तरिक छानबिन गरिरहेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवालयका डिआईजी वसन्त लामा नेतृत्वको टिमले घटनाबारे छानबिन गरिरहेको छ । साउन १५ र १६ मा प्रहरी हेडक्वार्टर तथा ७ वटा प्रदेशमा सञ्चालित परीक्षामा २ हजार ४ सय परीक्षार्थी सहभागी भएका थिए । परीक्षाको प्रश्नपत्र प्रहरी हेडक्वार्टरको युएन शाखाले तयार गरेको थियो ।

सम्बन्धित सामग्री

संखुवासभाको मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ

संखुवासभा : अर्कैको नाममा कक्षा १२ को परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ की मनिसा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।खाँदबारी–३ को महेन्द्र मावि मानेभञ्याङ परीक्षा केन्द्रमा बहिनीको नामबाट परीक्षा दिने दिदी पक्राउ परेकी हुन्। कक्षा १२ को बिहीबार भएको बाल व

बुटवलमा चार नक्कली परीक्षार्थी पक्राउ

बुटवलमा सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने दुई जना भारतीय नागरिकसहित चारजना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ढगबहादुर केसीका अनुसार पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका–७ का २२ वर्षीय उद्दयराज भण्डारी, कपिलवस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्जका

जनपद प्रहरीको परीक्षामा सहभागी २ नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवान (जनपद) पदको परीक्षामा सहभागी भएका दुईजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दैलेखका भगवती माई गाउँपालिका (२ रुम बेस्तडाका २२ वर्षका रोशन शाही र २३ वर्षका लोबन शाही रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीका अनुसार कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्जमा) सञ्चालन भएको अन्तरवार्ता परीक्षामा सहभागी  हुन आएका उनीहरुलाई पक्राउ गरिएको हो ।घर्तीले भने, ‘रोशन शाही दर्ता नं.