काठमाडौं : नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागी लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र बाहिरिएको आशङ्कामा छानबिन थालिएको छ।प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा प्रहरी प्रधान कार्यालयले त्यसबारे छानबिन सुरु गरेको हो। साउन १६ गते शनिबार प्रहरी प्रधान कार्यालय र सात वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो।परीक्षामा जवान देखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका करिब साढे दुई हजार परीक्षार्थी सहभागी थिए। प्रहरी प्रधान कार्यालयको युएन शाखाल