शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–एएमएस)लाई त्रुटिरहित बनाउन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयको युएन शाखाले यसअघि लिएको परीक्षाको प्रश्नपत्र लिक भएको थियो । प्रश्नपत्र लिक गराउने मुख्य ३ जना सहित ११ जना प्रहरी अधिकारी कारवाहीको प्रक्रियामा छन् ।शुक्रवार अपराध अनुसन्धान विभाग र युएन शाखाका प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै आईजीपी थापाले परीक्षा मर्यादित बनाउन सम्बन्धित प्रहरी कर्मचारीहरूले पूर्ण इमान्दारीता एवम्