शान्ति मिसनमा जान प्रहरीले लिएको आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएपछि सो परीक्षा रद्द गरिएको छ । साउन १५ र १६ मा चार सेटको प्रश्नपत्रको आधारमा केन्द्र र प्रदेशमा लिइएको परीक्षा रद्द गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए ।प्रहरी नायव महानिरीक्षक (डिआईजी) वसन्त लामा नेतृत्वको समितिले छानबिन गरेर सो परीक्षा रद्द गर्न सिफारिस गरेको थियो । समितिले बुधवार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ५ सय ५० पृष्ठको प्रतिवेदन बुझाएको