प्रहरीको प्रश्नपत्र लिक प्रकरण : डिजिटल फरेन्सिक रिपोर्ट कुर्दै छानविन समिति

शान्ति मिसनमा जानुअघि प्रहरीले लिने आन्तरिक परिक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएको बारे छानविन अन्तिम चरणमा पुगेको छ । प्रहरी प्रधान कार्यालयले डिआइजी वसन्त लामाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । प्रश्नपत्र परिक्षा हुनुभन्दा दुई दिनअघि नै ‘लिक’ भएको छानबिनबाट थाहा भएको छ ।  प्रश्नपत्र ‘लिक’ गर्नेहरुको मोवाइल जफत गरेर समितिले डिज