प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा छानबिन

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागी नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र बाहिरिएको आशङ्का गरिएको छ । प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा प्रहरी प्रधान कार्यालयले त्यसबारे छानबिन सुरु गरेको छ ।  प्रहरी प्रधान कार्यालयको युएन शाखाले त्यसबारे छानबिन सुरु गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । कुँवरले भने–‘शङ्काको आधारमा छानबिन हुँदै छ ।’ साउन १६ मा प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्या

सम्बन्धित सामग्री

तीन प्रहरी कर्मचारी बर्खास्त, एसपीसहित ११ जनालाई विभागीय कारबाहीका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको युएन मिसन परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा गठित छानबिन समितिले तीन जना प्रहरी कर्मचारीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । समितिले युएन शाखामा कार्यरत प्रहरी कर्मचारीहरू प्रहरी नायब निरीक्षक जनक थापा, प्रहरी हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई बरखास्त गर्न सिफारिस गरेको हो । यस्तै प्रहरी उपरीक्षक अनुपम शमशेर राणा, […]

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र बाहिरिएको आशङ्का

काठमाडौँ– संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा छानविन शुरु भएको छ । प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र बाहिरिएको आशङ्कामा प्रहरी प्रधान कार्यालयको युएन शाखाले छानबिन शुरु गरेको हो । यही साउन १६ गते प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्यालयमा प्रि–स्याटको […]

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र परीक्षा अगावै 'लिक'

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी हुन जानुअघि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंका गरिएको छ।

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंका

१८ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी हुन जानुअघि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंका गरिएको छ । शनिबार भएको प्रि–स्याट परीक्षाको प्रश्न पत्र बाहिरिएको आशंकामा छानविन सुरु भएको हो । यस विषयमा प्रहरी प्रधान कार्यालयको युएन शाखाले छानविन थालेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए । ‘प्रश्न […]