काठमाडौं : नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले गरेको आमरण अनसन सोमबार सातौँ दिनमा अन्त्य भएको छ।अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले गत असार २८ गतेदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालय अगाडि विभिन्न माग राखेर आमरण अनसन सुरु गरेका थिए।सोमबार विश्वविद्यालयको वार्ता समितिसँग ११ बुँदे सहमति भएपछि पराजुली र पन्तले अनशन तोडिएको जानकारी दिए।उनका अनुसार दुई पक्षबीच स्नातक, स्नातकोत्तर, एमफिल तथा पीएचडी तहका नियमित र आन्तरिक स्रोतबाट