भूपू गोर्खाको मागबारे नेपालीसँग वार्ता गर्न बेलायत तयार, तोडियो अनसन

३ भदौ, काठमाडौं । भूतपूर्व गोर्खा सैनिकहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत भएको छ । यससँगै लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि भूपू गोर्खाहरुले थालेको आमरण अनसन तोडिएको छ । समानताको माग गर्दै ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ ७ अगष्टदेखि अनसनमा बसेका थिए । बिहीबार […]

सम्बन्धित सामग्री

भूपू गोर्खाको अनसन तोडियो

समान अधिकारको मागसहित अनसनरत भूतपूर्व गोर्खाको अनसन तोडिएको छ । गोर्खाका मुद्धामा बेलायत सरकार वार्तामा बस्न तयार भएसँगै अनसन तोडिएको सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिए । गोर्खाहरुले विगत १३ दिनदेखि आमरण अनसन गर्दै आएका थिए । जसमा समितिका अभियान निर्देशक ज्ञान राज राई, सचिव धन गुरुङ र  पुष्प राना घले आमरण अनसनमा  थिए । सहमतिअनुसार आगामी सेप्टेम्बर ८ मा बेलायत सरकारका अधिकारी र नेपाली अधिकारी तथा गोर्खाहरुबीच वार्ता हुनेछ । यसैबीच आजै गोर्खाहरुको विषय तत्काल बेलायत सरक...

भूतपूर्व गोर्खाहरुको अनसन १३ दिन पछि तोडियो

काठमाडाैं : समान पेन्सन लगायतको माग गर्दै १३ दिन देखि बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भुपू गोर्खाहरूको अनसन बिहीबार तोडिएको छ।बेलायत सरकार र अनसन बसेका भूपु गोर्खा संघर्ष समितिबीच सहमति भएपछि अनसन तोडिएको हो। बेलायतले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो।  बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितिमा जुस पिलाएर अनशन तोडिएको लन्डन न्यूजले जनाए

तेह्रौं दिनमा  तोडियो लण्डनमा गोर्खाहरुको आमरण अनसन

गोर्खा सत्याग्रह संघर्ष समितिका अनुसार गोर्खाको मागका सम्बन्धमा बेलायत सरकारले नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो।