रुबी खानको अनसन तोडियो

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माइतीघरमा अनसन बसेकी महिला अधिकारकर्मी रुबी खानले अनसन तोडेकी छन् ।पीडितको न्यायका लागि भन्दै १२ दिन यता अनसनरत महिला अधिकारकर्मी रुबी खानले सरकारले गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएसँगै अनसन तोडेकी हुन् । सहसचिव रेग्मीको संयोजकत्वमा गठित समितिमा […]