रुबी खानको अनसन तोडियो

काठमाडौंः महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छिन्।आज दिउँसो सरकारले उनीहरुका केही माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि १३ दिन लामो आमरण अनसन तोडेकी हुन्। गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन्।सरकार र उनीबीच गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाउने सहमति भएपछि खान आमरण अनसन तोड्न सहमत भएकी थिइन्।