झापा : प्रदेश १ मा कुष्ठरोग सेवा केन्द्र र अस्पताल नहुँदा यहाँका कुष्ठरोगीलाई उपचार गराउन अन्य जिल्ला पठाउनुपर्ने बाध्यता छ।प्रदेश १ का १४ जिल्लामध्ये झापा र मोरङमा सबैभन्दा बढी कुष्ठरोग लागेका बिरामी छन्। कुष्ठरोगको उच्च जोखिममा रहेका दुवै जिल्ला ‘रेड जोन’मा परेका छन्। गत आव ०७७/७८ मा प्रदेश १ मा ३ सय ८५ नयाँ बिरामी देखिएका छन्।प्रति १० हजार जनसंख्याको आधारमा नेपालकै तेस्रो जिल्लाका रुपमा झापामा १ दशमलव ४२ प्रतिशत र ९ औं जिल्लाको रुपमा मोरङमा १ दशमलव २१ प्रतिशत क