प्रदेश १ मा कोरोना सङ्क्रमण दर बढ्दै, निषेधाज्ञामा कडाइ गरिँदै

प्रदेश १ का स्थानीय प्रशासन र स्थानीय तहले कोरोना सङ्क्रमणको दर बढेको भन्दै जिल्ला र स्थानीय तहमा फेरि निषेधाज्ञाको समयमा परिवर्तन गरी कडाइ गर्न थालेका छन् । मोरङ, सुनसरी र झापा प्रशासनले केही दिन यता कोरोना सङ्क्रमण दर बढ्दै गएको भन्दै भिडभाड हुने स्थानमा कडाइ गर्न थालेका हुन् । स्थानीय तहले पनि भिडभाड हुने स्थानमा अनुगमन गर्न थालेका छन् ।स्थानीय प्रशासनले कोरोना सङ्क्रमणको दरमा कमी आएको भन्दै असारको तेश्रो साताबाट निषेधाज्ञा खुकुलो बनाएका थिए तर सङ्क्रमण दर बढी देखिएका मोरङ, सुनसरी, झापा