राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा एमालेले गर्‍यो ३ जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ बाट नेकपा एमालेले तीन जनाको उम्मेदवारी दर्ता गराएको छ । मंगलवार दिउँसो विराटनगरस्थित निर्वाचन कार्यालयमा पुगेर एमालेले उम्मेदवारी दर्ता गराएको हो । खुलातर्फ गुरू बराल (मोरङ), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)ले उम्मेदवारी दर्ता गराएका हुन् ।  सात प्रदेशमध्ये प्रदेश १ मा एमालेको मतभार धेरै छ । प्रदेश १ मा नेपाली कांग्रेसको तर्फबाट गोपाल बस्नेतले उम्मेदवारी दर्ता गराउँदै छन् ।