निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि नेपाल भारत सीमा बन्द गरेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सिमानाका बन्द गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश १ को इलाम, झापा, मोरङ र सुनसरी नाका बन्द गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव वाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रोलियम पदार्थ बोकेको गाडी आ