आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीबाट बागी उम्मेदवारी परेको छ । आइतबार उम्मेदवारी दर्ता गर्दा नेपाली कांग्रेस र नेकपा एमालेबाट सबैभन्दा बढी बागी उम्मेदवारी परेको छ ।यस्तै कतिपय क्षेत्रमा सत्ता गठबन्धनको चुनावी तालमेल पनि भत्किएको छ भने एमाले र जसपाको तालमेलमा पनि विद्रोह भएको छ ।एमालेबाट को–को उठे बागी ?एमालेमा टिकट नपाएपछि प्रभावशाली नेताले नै विद्रोह गरेका छन् । एमालेका पूर्व उपमहासचिव रुपन्देही १ मा घनश्याम भुसालले एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्