मकवानपुरको बकैया गाउँपालिका उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएकी एक जना महिलाको उम्मेदवारी खारेज भएको छ । नेपाली काँग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छायाँ अधिकारीको मनोनयन खारेज भएको छ । उनी राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको प्रमाण भेटिएपछि उनको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिए । गत वैशाख १३ गते बकैया गाउँपालिकाका ३ जना उम्मेदवार विरुद्ध उजुरी परेको थियो । उजुरी परेका मध्ये नेकपा माओवादीका तर्फबाट उपाध्यक्षको उम्मेदवा