१६ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिंदै उनले आफूले सत्ता पक्ष गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई समर्थन गरेको बताए । पाण्डे नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी तुलसीपुर उपमहानगरपालिका वडा-५ निवासी […]