अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका दुई जनाको उम्मेदवारी खारेज भएको छ । सदस्य पदका उम्मेदवार शम्भु सिंह ठकुरी र रमेश श्रेष्ठको उम्मेदवारी खारेज भएको छ ।समयभन्दा ढिला भौचर बुझाएका दुई जनाको उम्मेदवारी रद्ध भएको निर्वाचन समितिका सदस्य बद्री भट्टराईले रातोपाटीलाई जानकारी दिए । ‘नागरिकता र मनोनयन फारम बुझाएर जानुभएको उहाँहरुले भौचर समयमै भौचर ल्याउनु भएको छैन रैछ । उम्मेदवारी मनोनयनको ६ देखि १२ गतेसम्म भौचर बुझाएको देखिएन । त्यसैले उहाँहरुको मनो