राष्ट्रपति बाइडेनद्वारा चीनको सिनजियाङ प्रान्तमा उत्पादित सामान प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको सिनजियाङ प्रान्तमा उत्पादित सामान प्रतिबन्ध लगाउने एक कानुनमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति जो बाइडेनले चीनसँग सम्बन्ध बिग्रिरहेका बेला सिनजियाङ प्रान्तमा उत्पादित सामग्रीमाथि प्रतिबन्ध लगाउने एक कानुनमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । चीनले अल्पसङ्ख्यक उइगुर मुस्लिमलाई दमन गरेका कारण जिनसियाङ प्रान्तका सामानमाथि प्रतिबन्ध लगाउने कानुन […]

सम्बन्धित सामग्री

‘चिनी निर्यातमा प्रतिबन्ध लगाउँदै भारत’

काठमाडौं । नेपालले उपभोगका लागि आवश्यक पर्ने चिनीको ठूलो हिस्सा भारतबाट आयात गर्ने गरेको छ । तर भारत सरकारले अहिले आफूसँग सञ्चित चिनी देशभित्रकै आपूर्तिका लागि चाहिने भन्दै निर्यातमा प्रतिबन्ध लगाउने तयारी थालेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए त्यसको ठूलो असर नेपालमा समेत पर्नेछ । नेपालमा चिनी प्रत्यक्ष उपभोगका अतिरिक्त चकलेट, बिस्कुट, मिठाई, आइसक्रिम, जुस, पेयपदार्थ, बेकरी आइटम लगायतका उद्योगमा बढी खपत हुन्छ । प्रत्यक्ष उपभोग र औद्योगिक प्रयोजनका लागि गरेर नेपाललाई अहिले २ लाख ५० हजार मेट्रिक टन चिनी आवश्यक पर्दछ । देशभित्रका उद्योगबाट १ लाख ३० हजार मेट्रिक टन मात्र उत्पादन हुन्छ । अपुग १ लाख २० हजार मेट्रिक टन चिनी विभिन्न मुलुकबाट आयात हुने गरेको छ, जसको ९० प्रतिशत आयात भारतबाट हुने गरेको छ । नेपाल बिस्कुट उद्योग संघका अध्यक्ष ओमनाथ महर्जन नेपालमा चिनी मागको आधा मात्र उत्पादन हुने भएकाले भारतले निर्यातमा प्रतिबन्ध लगाए ठूलो असर पर्ने बताउँछन् । ‘नेपालमा चिनीको मागभन्दा आपूर्ति कम हुँदा भारतले निर्यातमा प्रतिबन्ध लगाए मूल्य थप बढ्छ,’ उनले भने । उनका अनुसार भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए अहिले नेपाल सरकारले अन्य मुलुकबाट आयातित चिनीमा लगाइरहेको भन्सार शुल्क घटाउनु वा हटाउनुपर्दछ । यस्तो भएमा तेस्रो मुलुकबाट आयात हुने चिनीको मूल्य घट्ने र परिमाण बढेर आपूर्ति सहज हुने उनको भनाइ छ । यसैगरी नेपाल आइसक्रिम उद्योग व्यवसाय संघका उपाध्यक्ष अरनिको राजभण्डारी भारतमा चिनीको आयातमा प्रतिबन्धले कच्चापदार्थको भाउ बढ्ने बताउँछन् । ‘यसले स्वाभाविक रूपमा उत्पादित वस्तुको भाउ पनि बढ्छ,’ उनले भने । प्रतिबन्ध लागेमा चिनीको भाउ कम्तीमा पनि २०/२५ प्रतिशतले बढ्ने उनले बताए । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाए कूटनीतिक माध्यमबाट भए पनि आयात सुचारु राख्न पहल गर्नुपर्नेमा उनले जोड दिए । कतिपय अन्य वस्तुको हकमा नजिकको सम्बन्धको आधारमा भारतले नेपाललाई विशेष सहुलियत दिएकाले चिनीमा पनि त्यस्तो सम्भावना रहेको समेत उनले बताए । भारतीय सञ्चारमाध्यमका अनुसार भारतसँग अहिले २ करोड ७५ लाख टन चिनी छ, जुन उसको आन्तरिक खपतका लागि आवश्यक पर्छ । चिनी बढी नरहेको अवस्थामा निर्यात गर्दा देशभित्र मूल्यवृद्धि हुने भएकाले भारत सरकारले निर्यात प्रतिबन्धको तयारी गरेको बताइएको छ । भारतमा यही वर्ष विभिन्न राज्यको विधानसभा र सन् २०२४ मा लोकसभा चुनाव हुँदै छ । महँगी बढ्दा यसले निर्वाचनमा क्षति बेहोर्नुपर्ने डर त्यहाँको सत्तारूढ दलको छ ।

स्वदेशी मदिरालाई प्रोत्साहन

विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सरकारले विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाउने क्रममा मदिरा आयात रोकेको थियो । तर, अहिले प्रतिबन्ध खुला गरिएसँगै ४ महीनामा  ४ लाख ६८ हजारभन्दा बढी लिटर मदिरा आयात भएको छ । यसका लागि झन्डै ८० करोड रुपैयाँ विदेशिएको छ । सरकारले जति नै प्रतिबन्ध लगाए पनि मदिराको उपभोग घटेको कुनै आधार भने फेला पर्दैन । यसरी विदेशी मदिरा आयात भइरहँदा स्थानीय मदिरामा भने सरकारको वक्रदृष्टि परेको पाइन्छ । नेपालमा दर्ता भएका मदिरा उद्योगमा १ खर्ब जति लगानी भएको मानिन्छ । त्यस्तै मदिरा वितरक र थोक तथा खुद्रा व्यापारको लाइसेन्स पाएकालाई सदस्य मान्दा झन्डै ३ लाखजति मानिस मदिरा व्यवसायमा आश्रित रहेको अनुमान गर्न सकिन्छ । तर, नेपालको स्वदेशी घरेलु उत्पादन मदिराका बारेमा भने सरकारसँग न कुनै तथ्यांक छ न त यसलाई प्रोत्साहित गर्ने नीति नै । एकाध व्यक्तिले नेपालको कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने बताए पनि त्यसतर्फ काम भएको छैन । नेपाली रक्सी गुणस्तर र स्वादमा राम्रो भएको बताइन्छ । तर, सरकारले यसलाई प्रोत्साहन गर्न छाडेर अवैध भनी जफत गर्ने र खाल्डोमा हाल्ने गरेको छ । जथाभावी बनाइएका रक्सी बजारमा पाइन्छन् जसको सेवनले कसैकसैको ज्यानसमेत गएको देखिन्छ । यो नियमनको कमजोरीले भएको हो । तैपनि नेपालको घरेलु रक्सी उत्पादनको आफ्नै प्रविधि छ र त्यसबाट उत्पादित रक्सी स्तरीय छ पनि भनिन्छ । यसलाई सरकारले अध्ययन गरेर तथा मापदण्ड बनाएर गुणस्तर प्रमाणपत्र दिनुपर्छ । तिनलाई बोतलबन्द गरी विक्री गर्न प्रोत्साहन गर्नु जरुरी छ । तर, नेपालमै भने यस्तो मदिरा निषेधित छ जुन गलत छ । यसलाई नियमन गरी ब्रान्डिङ गर्न सके अर्थतन्त्रमा राम्रै योगदान गर्न सक्छ ।

चुम्बकको निर्यातमा किन बन्देज लगाउँदैछ चीन ?

पेचिङ । हालैका दिनमा हामीहरूले अमेरिका, यूरोप र जापानले समेत चीनलाई लक्षित गरेर चीप बनाउने उपकरणको विदेश निर्यातमा रोक लगाएको खबरहरू पढ्यौं । अब भने चीनको पालो आएको छ । चीनले विद्युतीय सवारी साधनदेखि, वायु ऊर्जाको टर्बाइन मोटर र अन्य वस्तुहरूमा प्रयोग गरिने high-performance rare earth magnets (दुर्लभ पत्थर चुम्बक टेक)को निर्यातमा बन्देज लगाउने योजना बनाइरहेको छ ।       राष्ट्रिय सुरक्षालाई उद्धृत गर्दै सो कदम चाल्न लागिएको आफूले थाहा पाएको भन्दै जापानी समाचार संस्था योमिउरी शिम्बुनले समाचार छापेको छ । विश्वव्यापी जलवायु परिवर्तन र तापमान वृद्धिको समस्या चर्किरहेको समयमा अहिले विश्वभर कार्बन उत्सर्जन कम गर्ने उपायहरू अपनाउने होड चलेको छ ।  देशहरूले परम्परागत इन्धनबाट चल्ने सवारी साधन छाडेर विद्युतीय उपकरणको प्रयोग बढाउने नीति अपनाइरहेका छन् । यस्तोमा चीनले चुम्बकको आपूर्तिलाई नियन्त्रित बनाउन खोजेको ठानिएको छ । चीन अहिले  Catalogue of Technologies Prohibited and Restricted from Export (निर्यात बन्देज र प्रतिबन्धित प्रविधिको सूची) संशोधन गर्ने प्रक्रियामा छ । यो सूचीमा निर्यात प्रतिबन्ध लगाइएका उत्पादित र अन्य केही औद्योगिक प्रविधि छ ।  डिसेम्बरमा नै सर्वसाधारणहरूको टिप्पणीको लागि सूचीको मस्यौदा जारी गरिएको थियो । मस्यौदामा नियोडिमियम र सामारियम कोबाल्ट जस्ता दुर्लभ धातु प्रयोग गरेर बनाइएका उच्च शक्तिका चुम्बक बनाउने उत्पादन प्रविधिलाई निर्यात प्रतिबन्धमा राखिएको छ । टिप्पणीको समय जनवरीको अन्त्यतिर सकिसकेको छ । संशोधनलाई यो वर्षको पूर्वार्द्धमै अपनाउने आशा गरिएको छ ।  विद्युतीय सवारी साधन EV बाहेक विमान, रोबोट, मोबाइल फोन र एयर कन्डिशनर जस्ता सामानमा पनि यस्तै चुम्बकको व्यापक प्रयोग हुन्छ । उपकरणहरूमा चिप र स्टोरेज सेलको प्रयोग बढेसँगै यस्ता चुम्बकको प्रयोग पनि बढ्ने छ । चीनले चुम्बकको आपूर्ति रोकिदियो भने यसले विश्वभर जनजीवन प्रभावित हुनेछ । विश्वको कूल neodymium magnets (नियोडिमियम चुम्बक) बजारको ८४ प्रतिशत हिस्सा China को पोल्टामा छ । त्यस्तै विश्वभर उत्पादन हुने ९० प्रतिशतभन्दा धेरै samarium cobalt magnets (सामारियम कोबाल्ट चुम्बक) पनि चीनबाटै आउने गरेको छ ।  नियोडिमियम बजारको १५ हिस्सा japan को पोल्टामा छ भने १० प्रतिशतभन्दा कम सामारियम कोबाल्ट बजारमा जापानको पहुँच छ । चीनले यस्तो खालको प्रविधिमा रोक लगायो भने परम्परागत रूपमा ती धातु चुम्बकको उत्पादन नगर्ने अमेरिका र यूरोप जस्ता देशहरुका लागि झन् धेरै मुश्किल हुनेछ । अहिलेसम्म यी धातुका लागि यी दुवै चीनमाथि पूर्ण निर्भर छन् । जापानको मात्रै उत्पादनले यसको माग थेग्दै थेग्दैन । चीनले बृहत् स्तरमा उत्पादन गरेर न्यून लागतमा चुम्बक बनाउन ठूलो लगानी खन्याइरहेको छ । ‘राष्ट्रिय सुरक्षा’ हेरेर निर्यातमा प्रतिबन्ध र बन्देज लगाउने खोजिएको मस्यौदाको संशोधनमा भनिएको छ । यो सर्वसाधारणको हितमा भएको पनि त्यसमा बताइएको छ । चिनिया राष्ट्रपति सि चिनफिङको सरकारले चीनको आर्थिक वृद्धिदर र सुरक्षामा चुम्बकलाई मुख्य तत्वका रूपमा राखेको छ ।  सिले सन् २०२० मा एउटा आन्तरिक बैठकमा यस्ता दुर्लभ धातुको आपूर्ति शृङ्खलामा चीनमाथि विश्वको निर्भरता बढाउनतर्फ प्रयास गर्न निर्देशन दिएका थिए । पछिल्लो समय TikTok माथि अमेरिका र यूरोपसमेत कयौं देशहरूले जासुसीको आरोपमा प्रतिबन्ध लगाउने क्रममा बढेको छ । चीनसँग सकेसम्म कुनै पनि व्यवहार गर्न नपरोस् वा गरे पनि कमै मात्रै होस् भन्ने लयमा पछिल्लो समय America छ ।  कहिले जासुसीको आरोप त कहिले व्यापार विवादको अड्को थापेर अमेरिका सकेसम्म चीनलाई झुकाउन खोजिरहेको छ । आफ्नो मित्र देशहरूलाई पनि उसले चीनसँग त्यस्तै व्यवहार गर्न जोड दिइरहेको छ । यस्तोमा अमेरिकाले दुर्लभ धातु अनि वातावरणसम्बन्धी प्रविधिहरूलाई अमेरिका र यूरोपसँगको मोलमोलाईमा तुरुपको एक्काको रूपमा प्रयोग गर्ने निश्चितप्रायः छ । यस्तो भयो भने विश्वभर वातावरणीय असरहरू कम गर्न विद्युतीयकरणको प्रयासमा समेत अवरोध उत्पन्न हुनेछ । एजेन्सीहरू

मर्स्याङ्दीमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध, फूलको माला प्रयोगमा जोड

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । ३ असोजमा बसेको गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । स्थानीय उत्पादित बस्तु तथा सेवाको प्रवर्द्धन, विविधीकरण तथा बजारीकरण र वातावरणीय प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले पालिकाभित्र खादाको प्रयोगमा प्रतिबन्ध लगाइएको […]

नेपाली चिया आयातमा कडाइ गर्ने भारतको तयारी, नेपाल सरकार भने चुपचाप

भारतले नेपालमा उत्पादित चिया आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतको यो तयारीका बीच  नेपाल सरकार भने चुपचाप बसिरहेको छ । भारतले नेपाली चिया आयातमा कडाइ गर्ने जानकारी पाएपछि राष्ट्रिय चिया तथा विकास बोर्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराएको थियो ।तर, मन्त्रालयले यससम्बन्धी खासै चासो देखाएको छैन । संघले पत्र लेख्दै जानकारी दिएपछि बोर्डले मन्त्रालयलाई साउन १६ गते नै यससम्बन्धी ‘रिपोर्टिङ’ गरेको थियो । बोर्डले औपचारिकरुपमा जानकारी गराएको लामो समय बि

उम्मेदवारको प्रतिबद्धताः जिते पालिकामा बहुराष्ट्रिय कम्पनीका उत्पादन प्रतिबन्ध

नुवाकोट – नेकपा माओवादी केन्द्रबाट नुवाकोटको तादी गाउँपालिका अध्यक्षका उम्मेदवार किरणकुमार रिजालले आफूले निर्वाचन जिते पालिकामा बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित हल्का पेय पदार्थलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने बताएका छन्। रिजालले चुनावी घोषणापत्रमार्फत बहुराष्ट्रिय कम्पनीका पेय पदार्थ भित्रन नदिने र स्थानीय रुपमा उत्पादन हुने दूग्धजन्य पदार्थका आधुनिक परिकार उपभोगमा ल्याउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्। यस्तै उनले […]

ईयूले युरोपमा बनेका कोरोनाविरुद्धकाे खोप निर्यातमा नियन्त्रण गर्ने

काठमाण्डाै - युरोपेली सङ्घ (ईयू)ले आफ्ना सदस्य देशहरुमा बनेका कोरोना भाइरस विरुद्धकाे खोप अन्य देशमा निर्यात गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।  ईयूसँगको सम्झौता अनुकूल काम नभएमा उत्पादित नयाँ खोपको निर्यातमा अस्थायी रुपमा रोक लगाउने ईयूले जनाएको छ । ईयूले ९२ थरीलाई निर्यात प्रतिबन्ध नलगाउने निर्णय गरेक...