तादी गाउँपालिकामा बहुराष्ट्रिय कम्पनीका उत्पादन निषेध गर्ने माओवादी उम्मेदवारको घोषणा

२० वैशाख, नुवाकोट । नेकपा माओवादी केन्द्रबाट नुवाकोटको तादी गाउँपालिका अध्यक्षका उम्मेदवार किरणकुमार रिजालले आफूले निर्वाचन जिते पालिकामा बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित हल्का पेय पदार्थलाई पूर्णरुपमा प्रतिबन्ध लगाउने बताएका छन् । रिजालले चुनावी घोषणापत्रमार्फत बहुराष्ट्रिय कम्पनीका पेय पदार्थ भित्रिन नदिने र स्थानीय रुपमा उत्पादन हुने दूग्धजन्य पदार्थका आधुनिक परिकार उपभोगमा ल्याउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् […]