चुम्बकको निर्यातमा किन बन्देज लगाउँदैछ चीन ?

पेचिङ । हालैका दिनमा हामीहरूले अमेरिका, यूरोप र जापानले समेत चीनलाई लक्षित गरेर चीप बनाउने उपकरणको विदेश निर्यातमा रोक लगाएको खबरहरू पढ्यौं । अब भने चीनको पालो आएको छ । चीनले विद्युतीय सवारी साधनदेखि, वायु ऊर्जाको टर्बाइन मोटर र अन्य वस्तुहरूमा प्रयोग गरिने high-performance rare earth magnets (दुर्लभ पत्थर चुम्बक टेक)को निर्यातमा बन्देज लगाउने योजना बनाइरहेको छ ।       राष्ट्रिय सुरक्षालाई उद्धृत गर्दै सो कदम चाल्न लागिएको आफूले थाहा पाएको भन्दै जापानी समाचार संस्था योमिउरी शिम्बुनले समाचार छापेको छ । विश्वव्यापी जलवायु परिवर्तन र तापमान वृद्धिको समस्या चर्किरहेको समयमा अहिले विश्वभर कार्बन उत्सर्जन कम गर्ने उपायहरू अपनाउने होड चलेको छ ।  देशहरूले परम्परागत इन्धनबाट चल्ने सवारी साधन छाडेर विद्युतीय उपकरणको प्रयोग बढाउने नीति अपनाइरहेका छन् । यस्तोमा चीनले चुम्बकको आपूर्तिलाई नियन्त्रित बनाउन खोजेको ठानिएको छ । चीन अहिले  Catalogue of Technologies Prohibited and Restricted from Export (निर्यात बन्देज र प्रतिबन्धित प्रविधिको सूची) संशोधन गर्ने प्रक्रियामा छ । यो सूचीमा निर्यात प्रतिबन्ध लगाइएका उत्पादित र अन्य केही औद्योगिक प्रविधि छ ।  डिसेम्बरमा नै सर्वसाधारणहरूको टिप्पणीको लागि सूचीको मस्यौदा जारी गरिएको थियो । मस्यौदामा नियोडिमियम र सामारियम कोबाल्ट जस्ता दुर्लभ धातु प्रयोग गरेर बनाइएका उच्च शक्तिका चुम्बक बनाउने उत्पादन प्रविधिलाई निर्यात प्रतिबन्धमा राखिएको छ । टिप्पणीको समय जनवरीको अन्त्यतिर सकिसकेको छ । संशोधनलाई यो वर्षको पूर्वार्द्धमै अपनाउने आशा गरिएको छ ।  विद्युतीय सवारी साधन EV बाहेक विमान, रोबोट, मोबाइल फोन र एयर कन्डिशनर जस्ता सामानमा पनि यस्तै चुम्बकको व्यापक प्रयोग हुन्छ । उपकरणहरूमा चिप र स्टोरेज सेलको प्रयोग बढेसँगै यस्ता चुम्बकको प्रयोग पनि बढ्ने छ । चीनले चुम्बकको आपूर्ति रोकिदियो भने यसले विश्वभर जनजीवन प्रभावित हुनेछ । विश्वको कूल neodymium magnets (नियोडिमियम चुम्बक) बजारको ८४ प्रतिशत हिस्सा China को पोल्टामा छ । त्यस्तै विश्वभर उत्पादन हुने ९० प्रतिशतभन्दा धेरै samarium cobalt magnets (सामारियम कोबाल्ट चुम्बक) पनि चीनबाटै आउने गरेको छ ।  नियोडिमियम बजारको १५ हिस्सा japan को पोल्टामा छ भने १० प्रतिशतभन्दा कम सामारियम कोबाल्ट बजारमा जापानको पहुँच छ । चीनले यस्तो खालको प्रविधिमा रोक लगायो भने परम्परागत रूपमा ती धातु चुम्बकको उत्पादन नगर्ने अमेरिका र यूरोप जस्ता देशहरुका लागि झन् धेरै मुश्किल हुनेछ । अहिलेसम्म यी धातुका लागि यी दुवै चीनमाथि पूर्ण निर्भर छन् । जापानको मात्रै उत्पादनले यसको माग थेग्दै थेग्दैन । चीनले बृहत् स्तरमा उत्पादन गरेर न्यून लागतमा चुम्बक बनाउन ठूलो लगानी खन्याइरहेको छ । ‘राष्ट्रिय सुरक्षा’ हेरेर निर्यातमा प्रतिबन्ध र बन्देज लगाउने खोजिएको मस्यौदाको संशोधनमा भनिएको छ । यो सर्वसाधारणको हितमा भएको पनि त्यसमा बताइएको छ । चिनिया राष्ट्रपति सि चिनफिङको सरकारले चीनको आर्थिक वृद्धिदर र सुरक्षामा चुम्बकलाई मुख्य तत्वका रूपमा राखेको छ ।  सिले सन् २०२० मा एउटा आन्तरिक बैठकमा यस्ता दुर्लभ धातुको आपूर्ति शृङ्खलामा चीनमाथि विश्वको निर्भरता बढाउनतर्फ प्रयास गर्न निर्देशन दिएका थिए । पछिल्लो समय TikTok माथि अमेरिका र यूरोपसमेत कयौं देशहरूले जासुसीको आरोपमा प्रतिबन्ध लगाउने क्रममा बढेको छ । चीनसँग सकेसम्म कुनै पनि व्यवहार गर्न नपरोस् वा गरे पनि कमै मात्रै होस् भन्ने लयमा पछिल्लो समय America छ ।  कहिले जासुसीको आरोप त कहिले व्यापार विवादको अड्को थापेर अमेरिका सकेसम्म चीनलाई झुकाउन खोजिरहेको छ । आफ्नो मित्र देशहरूलाई पनि उसले चीनसँग त्यस्तै व्यवहार गर्न जोड दिइरहेको छ । यस्तोमा अमेरिकाले दुर्लभ धातु अनि वातावरणसम्बन्धी प्रविधिहरूलाई अमेरिका र यूरोपसँगको मोलमोलाईमा तुरुपको एक्काको रूपमा प्रयोग गर्ने निश्चितप्रायः छ । यस्तो भयो भने विश्वभर वातावरणीय असरहरू कम गर्न विद्युतीयकरणको प्रयासमा समेत अवरोध उत्पन्न हुनेछ । एजेन्सीहरू 

सम्बन्धित सामग्री

निर्यातमा चीन असहयोगी

काठमाडौं, पुस १७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको अर्को दिन उत्तरी छिमेकी चीनले लामो समयदेखि बन्द गरेको भन्सार नाकाको ढोका खोलेको छ । योसँगै चीनले उत्तरी हिल्सा नाका पनि खुला गरेको छ । नेपाल र चीनबीचको दोस्रो ठुलो व्यापारिक नाका र रसुवागढी केरुङलाई चीनले विभिन्न बाहानामा बन्द गरेको ३५ महिनापछि […]

निर्यातमा चीन असहयोगी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको अर्को दिन उत्तरी छिमेकी चीनले लामो समयदेखि बन्द गरेको भन्सार नाकाको ढोका खोलेको छ । योसँगै चीनले उत्तरी हिस्सा नाका पनि खुला गरेको छ । नेपाल र चीनबीचको दोस्रो ठूलो व्यापारिक नाका रसुवागढी–केरुङलाई चीनले विभिन्न बहानामा बन्द गरेको ३५ महिनापछि बुधबारबाट औपचारिक रुपमा खोलेको हो । प्रधानमन्त्री […]

निर्यातमा चीन असहयोगी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको अर्को दिन उत्तरी छिमेकी चीनले लामो समयदेखि बन्द गरेको भन्सार नाकाको ढोका खोलेको छ । योसँगै चीनले उत्तरी हिल्सा नाका पनि खुला गरेको छ । नेपाल र चीनबीचको दोस्रो ठुलो व्यापारिक नाका र रसुवागढी केरुङलाई चीनले विभिन्न बाहानामा बन्द गरेको ३५ महिनापछि बुधबारबाट औपचारिक […]

आयातमा दोस्रो चीन, निर्यातमा भने १६औं स्थानमा

नेपालको वैदेशिक व्यापारमा उत्तरी छिमेकी चीनको उपस्थिति एकपक्षीय देखिएको छ । आयात व्यापारमा चीन भारतपछि दोस्रो स्थानमा रहे पनि नेपालको निर्यात व्यापारमा चीन संसारका १५ मुलुकभन्दा पछि रहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको पहिलो महिनामा चीनबाट नेपालले १८ अर्ब ७७ करोड रुपैयाँ मूल्य बराबरका सामग्री आयात गरे पनि निकासी भने […]

निर्यातमा चीन १६ औं स्थानमा

काठमाडौं, भदौ २८ । नेपालको वैदेशिक व्यापारमा उत्तरी छिमेकी चीनको उपस्थिति एकपक्षीय देखिएको छ। आयात व्यापारमा चीन भारतपछि दोस्रो स्थानमा रहे पनि नेपालको निर्यात व्यापारमा चीन संसारका १५ मुलुकभन्दा पछि रहेको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आवको पहिलो महिनामा चीनबाट नेपालले १८ अर्व ७७ करोड रुपैयाँ मूल्य बराबरका सामग्री आयात गरे पनि […]

निर्यातमा चीन १६ औं स्थानमा

नेपालको वैदेशिक व्यापारमा उत्तरी छिमेकी चीनको उपस्थिति एकपक्षीय देखिएको छ। आयात व्यापारमा चीन भारतपछि दोस्रो स्थानमा रहे पनि नेपालको निर्यात व्यापारमा चीन संसारका १५ मुलुकभन्दा पछि रहेको छ।व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आवको पहिलो महिनामा चीनबाट नेपालले १८ अर्व ७७ करोड रुपैयाँ मूल्य बराबरका सामग्री आयात गरे पनि निकासी भने १करोड २५ लाख रुपैयाँ बरावरको मात्र गरेको छ।यसरी चीनसँग नेपालको व्यापारघाटा १८ अर्ब ७० करोड २६ लाख रुपैयाँ बराबर रहेको छ।केन्द्रका अनुसार नेपालले चीनभन्दा ब

नेपाली चियाका लागि बजार खुला गर्न चीन सहमत

३० साउन, काठमाडौं । नेपालमा उत्पादन हुने चियालाई आफ्नो बजारमा खुल्ला गर्न चीन सहमत भएको छ । नेपालका परराष्ट्र मन्त्रीको चीन भ्रमणका बेला चीन नेपाल चियालाई आफ्नो बजार खुला गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारततर्फ चिया निर्यातमा व्यवसायीलाई अवरोधको हल्ला भइरहेको बेला चीनले नेपाली चियाका लागि आफ्नो बजार खुला गर्ने बताएको हो […]

नेपाली उत्पादन चीन निर्यातमा सघाउँछु : चिनियाँ राजदूत

८ वैशाख, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाली उत्पादन चीन निर्यातमा सघाउने आश्वासन दिएकी छन् । श्रव्यदृश्यका माध्यमबाट बिहीबार पत्रकार सम्मेलन गर्दै उनले नेपाली पक्षले भूमि बन्दरगाहबाट चीनतर्फ निर्यात पुनः सुरु गर्ने चाहनालाई चिनियाँ पक्षले निकै महत्व दिएको बताइन् ।  उनले भनिन्, ‘यस सम्बन्धमा दुवै पक्षका सम्बन्धित निकाय, छिमेकी प्रदेश र सीमा […]

थप सय नेपाली वस्तु चीन निर्यातमा शून्य भन्सार

काठमाडौँ । चीन सरकारले शून्य भन्सार दरमा आफ्नो मुलुकभित्र प्रवेश दिने नेपाली वस्तुको सङ्ख्या बढाएको छ । चिनियाँ विदेश मन्त्री वाङ यीको तीन दिने भ्रमणका क्रममा नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाइ व्यापार विस्तारमा सहयोग पुर्‍याउन थप एक सय वस्तुमा यस्तो सुविधा दिएको वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । यसअघि नेपाललाई […]