खादाको प्रयोगमा रोक, स्थानीय स्तरमै उत्पादित फूल, मालाको प्रयोगलाई उच्च प्राथमिकता

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरुमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  स्थानीय उत्पादित वस्तु तथा सेवाको प्रवद्र्धन, विविधिकरण तथा बजारीकरण र वातावरणीय प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले पालिकाभित्र खादाको प्रयोगमा प्रतिबन्ध लगाइएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । ‘तर अति आवश्यक धार्मिक कार्यक्रममा भने प्रयोगमा छुट दिइने छ&rsquo...