भारतले नेपालमा उत्पादित चिया आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतको यो तयारीका बीच नेपाल सरकार भने चुपचाप बसिरहेको छ । भारतले नेपाली चिया आयातमा कडाइ गर्ने जानकारी पाएपछि राष्ट्रिय चिया तथा विकास बोर्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराएको थियो ।तर, मन्त्रालयले यससम्बन्धी खासै चासो देखाएको छैन । संघले पत्र लेख्दै जानकारी दिएपछि बोर्डले मन्त्रालयलाई साउन १६ गते नै यससम्बन्धी ‘रिपोर्टिङ’ गरेको थियो । बोर्डले औपचारिकरुपमा जानकारी गराएको लामो समय बि