सङ्क्रमण घटेन, चुनौती अझै बाँकी छ- स्वास्थ्य मन्त्रालय

सङ्क्रमण घटेन, चुनौती अझै बाँकी छ- स्वास्थ्य मन्त्रालय

सम्बन्धित सामग्री

अनुदानमा प्राप्त गरेका कोल्ड रुम सञ्चालनमा  ः स्वास्थ्य मन्त्रालय

सरकारले कोभ्याक्स सुविधामार्फत प्राप्त गरेका १० वाट कोल्ड रुम फिरिज अर्थात वोर्कीङ कुलरहरु स्थापना गरेको जनाएको छ । सो कुलरहरु काठमाडौंसँगै सातवटै प्रदेशमा सञ्चालनमा ल्याइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सगिता कौशल मिश्राले जानकारी दिइन् ।यस्तै, जापान सरकारको सहयोगमा प्राप्त ९ कोल्ड रुम फिरिज मध्ये ६ वटा स्थापना गरिसकेको उनले बताइन् । बाँकी तीन वटा त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलमा आइसकेको प्रवक्ता मिश्राको भनाइ छ ।बाँकी तीन वटा वोर्किङ कुलमध्ये दुई वटा केन्द्रिय भण्डारण

हैजा खोपको क्लिनिकल परीक्षणका लागि बाँकी प्रक्रिया अघि बढ्यो

काठमाण्डाै - हैजा खोपको क्लिनिकल परीक्षणका लागि आवश्यक बाँकी प्रक्रिया अगाडि बढेको छ । चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिन नेपालमा परीक्षण हुन लागेको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अनुसन्धान गरिने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । झण्डै तीन हजार स्वंयसेवकमा खोप परिक्षण गर्ने तयारी छ। स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसमा गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले हैजा ...

शनिबार र सोमबार जापानबाट एस्ट्राजेनिका खोप आउँदै

जापान सरकारले अनुदानस्वरुप दिने भएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आउन बाँकी खोप शनिबार र सोमबार आउने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत खोप आपुर्ति महाशाखाका प्रशासन प्रमुख उपेन्द्र ढुगांनाले शनिबार र सोमबार गरी दुई लटमा खोप आउने बताएका हुन् ।

कोभ्याक्सअन्तर्गत अस्ट्राजेनिकाको खोप तीन हप्ताभित्र नेपालले पाउने

कोम्याक्स सुविधा अन्तर्गत नेपालले पाउने अस्ट्राजेनिकाको खोप यही जुलाइको अन्त्यसम्म अर्थात आगामी तीन हप्ताभित्र नेपालले पाउने भएको छ । तर त्यो खोप कुन मितिमा नेपाल आपुग्छ भन्ने मिति भने तय हुन बाँकी छ । स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखा प्रमुख डा.तारानाथ पोखरेलले कोम्याक्स सुविधा अन्तर्गतको अस्ट्राजेनिकाको खोप यही जुलाई महिनाको अन्त्यसम्ममा नेपाललाई उपलब्ध गराउने निर्णय भइसकेको भए पनि कुन मिति र समयमा नेपाल आइपुग्छ भन्ने तय हुन बाँकी रहेको बताउनुभयो ।

निषेधाज्ञाको समीक्षा गर्दै गृह

काठमाडौं । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लागू भएर हाल देशभरका ७५ जिल्लामा जारी निषेधाज्ञाको गृह मन्त्रालयले समीक्षा थालेको छ । निषेधाज्ञाका कारण देखिएको परिणामको समीक्षा गर्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने मोडालिटी बनाउन गृहले अध्ययन शुरू गरेको हो । मन्त्रालयका प्रवक्ता जनकराज दाहालले ७५ जिल्लाबाटै निषेधाज्ञाबारे जानकारी लिइएको बताए । उनका अनुसार निषेधाज्ञापछि कोभिड नियन्त्रणमा देखिएको सकारात्मक प्रभावका साथै जनजीवनमा परेको नकारात्मक असरको अध्ययन प्रतिवेदन गृहले प्राप्त गरेको छ । ‘प्राप्त रिपोर्टअनुसार कोभिड नियन्त्रणमा निषेधाज्ञाको सकारात्मक प्रभाव परी संक्रमण एवं मृत्युदर घटेको देखिएको छ,’ उनले भने, ‘यद्यपि, संक्रमण अझै अपेक्षाअनुरूप घटिसकेको छैन ।’ अधिकांश जिल्ला प्रशासनले निषेधाज्ञामा केही सहजीकरण गर्न अनुरोध गरेकाले त्यसअनुसार गृहकार्य थालिएको उनले जानकारी दिए । उनका अनुसार रोपाइँको मौसम शुरू भएकाले कृषिसँग सम्बन्धित विषय र विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखिएको छ । यसका लागि स्वास्थ्य मन्त्रालय, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी), जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकायसँग छलफल थालिएको छ । ‘निषेधाज्ञा खुकुलो बनाउने सम्बन्धमा सरोकारवाला निकायसँग छलफल थालेका छौं,’ उनले भने, ‘छलफलपछि असार १ गतेदेखि आवश्यकताअनुसार केही खुकुलो बनाउने सोचेका हौं ।’ यद्यपि, निषेधाज्ञा पूर्णरूपमा भने नखुल्ने उनले प्रस्ट पारे । यस्तै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले सो सम्बन्धमा मंगलवार गृहसचिव महेश्वर न्यौपानेसँग पनि छलफल गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खाद्य तथा किराना पसल, कृषिसँग सम्बन्धित ढुवानी तथा विक्री केन्द्रहरू र विकास निर्माणका कामलाई सहजीकरण गर्नेबारे छलफल भएको बताए । उनका अनुसार अहिले समय तोकेर खुला गर्न दिइएका क्षेत्रको समयावधि थप्ने र कृषि एवं विकास निर्माणका सामग्री बोक्ने सवारीसाधनलाई थप सहजीकरण गर्ने तयारी गरिएको छ । ‘थपिएको निषेधाज्ञाको समयावधि बाँकी नै छ, केही दिनमा बैठक बसेर नयाँ निर्णय गर्छौं,’ उनले भने, ‘निषेधाज्ञा खुकुलो गरी केही सहजीकरण गर्ने छलफल भए पनि अहिलेसम्ममा निषेधाज्ञा खोल्ने भन्ने विषयमा छलफल भएको छैन ।’

डेनमार्कले खोप दिनेबारे कुराकानी भए पनि टुङ्गो लाग्न बाँकी

डेनमार्कले नेपाललाई कोरोना विरुद्धको खोप दिन सहमति व्यक्त गरे पनि कहिले दिने र कति दिने भन्ने बारे टुङ्गो लागिनसकेको अधिकारीहरुले बताएका छन् । डेनमार्कको स्वास्थ्य मन्त्रालय र नेपालका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुबीच यस विषयमा छलफल भइरहेको र डेनर्माक खोप दिन तयार भए पनि कहिले र कसरी दिने भन्ने टुङ्गो लाग्न बाँकी रहेको डेनमार्कस्थित नेपाली दूतावास स्रोतले बताएकाे छ। यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमन सिंहले पनि खोप उपलब्ध गराउने भन्ने विषयमा कुराकानी भइहेको भए पनि कति र कहिले दिने भन्ने निर्णय नभएको बताउनुभयो । डेनमार्कमा नगारिक समाज बुद्धिजीवीले नेपाललाई खोप उपलब्ध गराउन लबिङ् गरेको र सो सम्बन्धी प्रस्तावमा त्यहाँको संसदमा पनि छलफल भएको दूताबास स्रोतले स्पष्ट पारेको छ ।

५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था छैन्ः स्वास्थ्य मन्त्रालय

काठमाडौं, २४ बैशाख । स्वास्थ्य मन्त्रालयले भारतसँग भएको सम्झौता भए अनुसार बाँकी खोप तत्काल नआउने बताएको छ । आज स्वास्थ्य मन्त्रालयले एक सुचना जारी गर्दै ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने तत्काल अवस्था नरहेको जानकारी दिएको हो । खोप खरिद गर्न औषधी व्यवस्था विभागको आपतकालिन प्रयोगको लागि अनुमति प्राप्त कोभिडसिल्ड खोप २० लाख डोज […]

भ्रमण वर्ष २०२० र कोरोना भाइरस

भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामै हामीलाई हलुवामा बालुवा भएको छ । हालसम्म वैज्ञानिकहरूले पुष्टि गर्न बाँकी नै रहेको कोरोना भाइरसले विश्वभरि आतंंकित बनाएको छ । चीनबाट सुरु भएको यो भाइरसकै कारण विश्व स्वास्थ्य संगठनले संसारैभरिको स्वास्थ्य क्षेत्रमा संकटकालको घोषण गरि सकेको छ भने यो पंक्ति तयार गरुन्जेल चीनमा झन्डै ६ सय ५० जनाको अन्त्य भइसकेको र ३० हजार व्यक्ति यसबाट संक्रमित भएको खबर बाहिर आएको छ । चीनको भाइरस प्रभावित क्षेत्रमा रहेका अन्य विदेशीहरू तत्कालै फिर्ता भए । तर, नेपालीहरूलाई नेपाल फर्काउन ढिलो भई स्वास्थ्य मन्त्रालय घेर्नसमेत नेपालीहरू पुगिसकेका छन् ।