कोम्याक्स सुविधा अन्तर्गत नेपालले पाउने अस्ट्राजेनिकाको खोप यही जुलाइको अन्त्यसम्म अर्थात आगामी तीन हप्ताभित्र नेपालले पाउने भएको छ ।
तर त्यो खोप कुन मितिमा नेपाल आपुग्छ भन्ने मिति भने तय हुन बाँकी छ । स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखा प्रमुख डा.तारानाथ पोखरेलले कोम्याक्स सुविधा अन्तर्गतको अस्ट्राजेनिकाको खोप यही जुलाई महिनाको अन्त्यसम्ममा नेपाललाई उपलब्ध गराउने निर्णय भइसकेको भए पनि कुन मिति र समयमा नेपाल आइपुग्छ भन्ने तय हुन बाँकी रहेको बताउनुभयो ।