शनिबार र सोमबार जापानबाट एस्ट्राजेनिका खोप आउँदै

जापान सरकारले अनुदानस्वरुप दिने भएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आउन बाँकी खोप शनिबार र सोमबार आउने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत खोप आपुर्ति महाशाखाका प्रशासन प्रमुख उपेन्द्र ढुगांनाले शनिबार र सोमबार गरी दुई लटमा खोप आउने बताएका हुन् ।