डेनमार्कले नेपाललाई कोरोना विरुद्धको खोप दिन सहमति व्यक्त गरे पनि कहिले दिने र कति दिने भन्ने बारे टुङ्गो लागिनसकेको अधिकारीहरुले बताएका छन् ।
डेनमार्कको स्वास्थ्य मन्त्रालय र नेपालका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुबीच यस विषयमा छलफल भइरहेको र डेनर्माक खोप दिन तयार भए पनि कहिले र कसरी दिने भन्ने टुङ्गो लाग्न बाँकी रहेको डेनमार्कस्थित नेपाली दूतावास स्रोतले बताएकाे छ।
यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमन सिंहले पनि खोप उपलब्ध गराउने भन्ने विषयमा कुराकानी भइहेको भए पनि कति र कहिले दिने भन्ने निर्णय नभएको बताउनुभयो ।
डेनमार्कमा नगारिक समाज बुद्धिजीवीले नेपाललाई खोप उपलब्ध गराउन लबिङ् गरेको र सो सम्बन्धी प्रस्तावमा त्यहाँको संसदमा पनि छलफल भएको दूताबास स्रोतले स्पष्ट पारेको छ ।