निषेधाज्ञाको समीक्षा गर्दै गृह

काठमाडौं । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लागू भएर हाल देशभरका ७५ जिल्लामा जारी निषेधाज्ञाको गृह मन्त्रालयले समीक्षा थालेको छ । निषेधाज्ञाका कारण देखिएको परिणामको समीक्षा गर्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने मोडालिटी बनाउन गृहले अध्ययन शुरू गरेको हो । मन्त्रालयका प्रवक्ता जनकराज दाहालले ७५ जिल्लाबाटै निषेधाज्ञाबारे जानकारी लिइएको बताए । उनका अनुसार निषेधाज्ञापछि कोभिड नियन्त्रणमा देखिएको सकारात्मक प्रभावका साथै जनजीवनमा परेको नकारात्मक असरको अध्ययन प्रतिवेदन गृहले प्राप्त गरेको छ । ‘प्राप्त रिपोर्टअनुसार कोभिड नियन्त्रणमा निषेधाज्ञाको सकारात्मक प्रभाव परी संक्रमण एवं मृत्युदर घटेको देखिएको छ,’ उनले भने, ‘यद्यपि, संक्रमण अझै अपेक्षाअनुरूप घटिसकेको छैन ।’ अधिकांश जिल्ला प्रशासनले निषेधाज्ञामा केही सहजीकरण गर्न अनुरोध गरेकाले त्यसअनुसार गृहकार्य थालिएको उनले जानकारी दिए । उनका अनुसार रोपाइँको मौसम शुरू भएकाले कृषिसँग सम्बन्धित विषय र विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखिएको छ । यसका लागि स्वास्थ्य मन्त्रालय, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी), जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकायसँग छलफल थालिएको छ । ‘निषेधाज्ञा खुकुलो बनाउने सम्बन्धमा सरोकारवाला निकायसँग छलफल थालेका छौं,’ उनले भने, ‘छलफलपछि असार १ गतेदेखि आवश्यकताअनुसार केही खुकुलो बनाउने सोचेका हौं ।’ यद्यपि, निषेधाज्ञा पूर्णरूपमा भने नखुल्ने उनले प्रस्ट पारे । यस्तै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले सो सम्बन्धमा मंगलवार गृहसचिव महेश्वर न्यौपानेसँग पनि छलफल गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खाद्य तथा किराना पसल, कृषिसँग सम्बन्धित ढुवानी तथा विक्री केन्द्रहरू र विकास निर्माणका कामलाई सहजीकरण गर्नेबारे छलफल भएको बताए । उनका अनुसार अहिले समय तोकेर खुला गर्न दिइएका क्षेत्रको समयावधि थप्ने र कृषि एवं विकास निर्माणका सामग्री बोक्ने सवारीसाधनलाई थप सहजीकरण गर्ने तयारी गरिएको छ । ‘थपिएको निषेधाज्ञाको समयावधि बाँकी नै छ, केही दिनमा बैठक बसेर नयाँ निर्णय गर्छौं,’ उनले भने, ‘निषेधाज्ञा खुकुलो गरी केही सहजीकरण गर्ने छलफल भए पनि अहिलेसम्ममा निषेधाज्ञा खोल्ने भन्ने विषयमा छलफल भएको छैन ।’  

सम्बन्धित सामग्री

रास्वपाले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने भएको छ।

धनकुटामा कीटजन्य रोग नियन्त्रणको समीक्षा

धनकुटा नगरपालिका क्षेत्रमा कीटजन्य रोग नियन्त्रणका लागि गरिएका कामको समीक्षा गरिएको छ। धनकुटा नगरपालिकाको स्वास्थ्य उपशाखाले कीटजन्य रोग नियन्त्रण तथा डाटा भेरिएसन सम्बन्धी एक दिने समीक्षा कार्यक्रम गरेको हो।

स्वास्थ्य स्वयंसेविकाको समीक्षा कार्यक्रम

सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनाका गाउँगाउँमा परिचालन भएका स्वास्थ्य स्वयंसेविकाहरूसँगको समीक्षा कार्यक्रम सम्पन्न भएको छ। वर्षभरि सेवा गरेको कामको लेखाजोखा गर्दै समीक्षा कार्यक्रम गरिएको हो। स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले गाउँपालिकाका पाँच वटै वडामा छनोट भई परिचालन भएका स्वास्थ्य स्वयं सेविकासँगको समीक्षा कार्यक्रम सम्पन्न भएको बताए। समीक्षा कार्यक्रममा सेविकाले गरेको कामको […]

एकै पटक गर्‍यो सिमकोट गाउँपालिकाले पहिलो र दोस्रो त्रैमासिक समीक्षा

सिमकोट – सदरमुुकामसमेत रहेको सिमकोट गाउँपालिकाले पहिलो र दोस्रो त्रैमासिक समीक्षा कार्यक्रम गरेको छ। असोजमा पहिलो र पुुसमा दोस्रो त्रैमासिक समीक्षा गर्नुपर्ने सिमकोट गाउँपालिकाले असोजमा गर्न नसकेको समीक्षा कार्यक्रम पनि सँगै गरेको हो। आर्थिक वर्ष सुुरु भएको ६ महिना बित्नै लाग्दासमेत वित्तीय प्रगति २२ दशमलव ४७ प्रतिशत रहेको तत्थ्यलाई समीक्षा कार्यक्रम सार्वजनिक गरिएको थियो। गाउँपालिकाका […]

बन्दिपुरमा समीक्षा भेला गर्दै विवेकशील साझा पार्टी

काठमाडौं । विवेकशील साझा पार्टीले बन्दिपुरमा समीक्षा भेला गर्ने भएको छ । बदलिँदो राजनीतिक परिदृष्य, सम्भावना र नयाँ रणनीतिवारे समीक्षा गर्न मंसिर १५ र १६ गते तनहुँको बन्दिपुरमा विवेकशील साझाले समीक्षा बैठक गर्ने जनाएको हो । प्रादेशिक हैसियतका पार्टीका अगुवा कार्यकर्ताहरु सम्मिलित समीक्षा बैठकमा निर्वाचन परिणाम, बैचारिकी, बदलिँदो राजनीतिक विकासक्रम, बैकल्पिक राजनीतिको आगामी स्पेश र […]

विवेकशील साझा पार्टीले बन्दीपुरमा समीक्षा भेला गर्दै

विवेकशील साझाले बदलिँदो राजनीतिक परिदृश्य, सम्भावना र नयाँ रणनीतिबारे समीक्षा गर्न यही पुस १५ र १६ गते तनहुँको बन्दीपुरमा समीक्षा बैठक गर्ने भएको छ।प्रादेशिक हैसियतका पार्टीका अगुवा कार्यकर्ताहरू सम्मिलित समीक्षा बैठकमा निर्वाचन परिणाम, बदलिँदो राजनीतिक विकासक्रम, वैकल्पिक राजनीतिको आगामी स्पेश र सहकार्य, ध्रुवीकरणसम्मका विषयमा खुला छलफल हुने प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए।‘अगुवा साथीहरुसंग निर्ममताका साथ खुला छलफलको फोरमका रुपमा समीक्षा बैठकलाई डिजाइन गरिएको छ, सबै कोणबाट आफ्न

आज मौद्रिक नीतिको पहिलो समीक्षा हुने

चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा हुने भएको छ । सम्भवतः आइतबार बेलुकासम्ममा मौद्रिक नीतिको समीक्षा आउन सक्ने राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले जानकारी दिए । ‘आइतबार राष्ट्र बैंक सञ्चालक समितिको बोर्ड बैठक बोलाइएको छ, बोर्डले पास गरे आजै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा हुन्छ’ पोखरेलले रातोपाटीसँग भने ।  पोखरेलका अनुसार बोर्डले पास गरे आजै बेलुका ५ बजेसम्ममा पत्रकार सम्मेलनको आयोजना गरेर मौद्रिक नीतिको समीक्षा सार

पोखरामा पुस्तक समीक्षा प्रतियोगिता हुने

२६ भदौ, पोखरा । पोखरामा पुस्तक समीक्षा प्रतियोगिता हुने भएको छ । सीएफएन नेपाल र टुकी नेपालको आयोजना र बुकमार्ट पोखरा प्रालिको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । पुस्तक समीक्षा प्रतियोगितामा कक्षा ५ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थी वा शैक्षिक संस्थामा आवद्ध नभएका तर पुस्तक पढ्ने र पुस्तक समीक्षा गर्न इच्छुक व्यक्ति खुला रुपमा सहभागी हुन […]

विवेकशील साझाकी मेयर उम्मेदवार समिक्षाको ‘समीक्षा’

उनको नामै समिक्षा। उनको पार्टी विवेकशील साझाले काठमाडौं महानगरका समस्याहरुको समीक्षा गर्दै मेयर पदमा समिक्षा बाँस्कोटालाई नै उठाएको छ। र, महानगरका समस्याहरु सम्बोधन गर्न उनी खरो उत्रिने समीक्षा उनको पार्टीको छ।...

राष्ट्र बैंकले गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासकि समीक्षा

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो समीक्षा गरेको छ। राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रोपटक समीक्षा गरेको हो। साउन २ गते सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर १८ र अर्धवार्षिक समीक्षा फागुन २ गते गरिएको थियो।