काठमाण्डाै - हैजा खोपको क्लिनिकल परीक्षणका लागि आवश्यक बाँकी प्रक्रिया अगाडि बढेको छ । चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिन नेपालमा परीक्षण हुन लागेको हो ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अनुसन्धान गरिने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । झण्डै तीन हजार स्वंयसेवकमा खोप परिक्षण गर्ने तयारी छ।
स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसमा गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले हैजा ...