कोरोनाभाइरस बिरामीको स्वास्थ्योपचारका लागि भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले सबै प्रकारको औषधी प्रयोग गर्न मनाही गरेको छ । अब लक्षण नदेखिएका र कोभिडका हल्का बिरामीका लागि ज्वरो र रुघा–खोकीका मात्रै औषधी दिन पाइनेछ ।स्वास्थ्य मन्त्रालय अन्तर्गत पर्ने स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जारी गरेको दिशा निर्देशमा कोभिड–१९ सँग जोडिएका बाँकी नियमको पालना यथावत राख्नका लागि भनिएको छ । अर्थात्, मास्क लगाउने, सामाजिक दुरी स्थापित गर्ने, हात धुने र जथाभावी हाच्छ