नर्वेमा सन् २०२२ मा बिक्री भएका कारमध्ये ७९ प्रतिशत विद्युतीय कार रहेका छन् । १० वर्षअघिसम्म कुल बिक्रीको दुई दशमलव ९ प्रतिशत मात्रै विद्युतीय कार रहेको नर्वेमा एक दशकमै विद्युतीय कारका उपभोक्ता निकै धेरै बढेका हुन् ।
नर्वे सरकारले सन् २०१७ मा विद्युतीय कारमा विभिन्न सहुलियत दिएपछि विद्युतीय कारका उपभोक्ता बढेका वर्ल्ड इकोनमोमिक फोरमले जनाएको छ । नर्वे सरकारले सन् २०२५ भित्र पेट्रोल र डिजलबाट चल्ने कारको बिक्री अन्त्य गर्ने लक्ष्यसहित विद्युतीय गाडीमा सहुलियत दिएको थियो ।
नर्वे सरकारले विद्युतीय कार खरिद र बिक्रीमा लाग्ने...