सर्वाधिक स्मार्टफोन बिक्री गर्ने कम्पनीको सूचीको दोस्रो नम्बरमा उक्लियो शाओमी

एजेन्सी। शाओमी यो वर्षको अप्रिलदेखि जुन महिनाभित्र सर्वाधिक स्मार्टफोन बिक्री गर्ने कम्पनीको सूचीमा दोस्रो नम्बरमा उक्लिएको छ। शाओमीले यसअघि सूचीको दोस्रो स्थानमा रहेको एप्पललाई पछि पारेको हो। सूचीको पहिलो नम्बरमा १९ प्रतिशत बजार हिस्सासहित सामसुङ यथावत् रहेको छ। शाओमी बितेको त्रैमासमा १७ प्रतिशत बजार हिस्सासहित दोस्रो नम्बरमा पुगेको हो। विश्व बजारमा एप्पलले हाल १४ प्रतिशत बजार हिस्सा ओगटेको छ।

सम्बन्धित सामग्री

सन् २००७ मा आजकै दिन : बजारमा आइफोन

सन् २००७ मा आजकै दिन (जुन २९) मा एप्पल कम्पनीको पहिलो स्मार्टफोन ‘आइफोन’ को बिक्री सुरु भएको थियो । २००७ को जनवरी ९ मा सार्वजनिक आइफोनको पहिलो मोडलको बिक्री जुन २९ देखि सुरु भएको थियो । कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ जब्सले फोन सार्वजनिक गरेका थिए ।

हामी उपभोक्ताको चाहना अनुसार उत्पादन गर्छौँ

नेपाली बजारमा आएको निकै छोटो समयमै शाओमी एक उत्कृष्ट कम्पनी बन्न पुगेको छ । स्मार्टफोन, टिभी, लगायत दैनिक जीवन सहज बनाउने विभिन्न उत्पादनहरू बिक्री गर्दै आएको यस कम्पनीको नेपाल व्यवस्थापन हाल कन्ट्री जनरल मेनेजर​ सौरभ कोठारीले हेर्दै आएका छन् । साओमीको बजार, नयाँ उत्पादन तथा अन्य विविध विषयमा इकागजका कमल धितालले कोठारीसँग गरेक…

हामी उपभोक्ताको चाहना अनुसार उत्पादन गर्छौँ

नेपाली बजारमा आएको निकै छोटो समयमै शाओमी एक उत्कृष्ट कम्पनी बन्न पुगेको छ । स्मार्टफोन, टिभी, लगायत दैनिक जीवन सहज बनाउने विभिन्न उत्पादनहरू बिक्री गर्दै आएको यस कम्पनीको नेपाल व्यवस्थापन हाल कन्ट्री जनरल मेनेजर​ सौरभ कोठारीले हेर्दै आएका छन् । साओमीको बजार, नयाँ उत्पादन तथा अन्य विविध विषयमा इकागजका कमल धितालले कोठारीसँग गरेक…

विश्वभर चिनियाँ कम्पनी ‘रियलमी’को १० करोड स्मार्टफोन

काठमाडौं। रियलमी कम्पनीको स्मार्टफोन विश्वमा १० करोड युनिट बिक्री भएको छ। यो अहिलेसम्म विश्वमा बिक्री भएको सबैभन्दा धेरै स्मार्टफोन हो। कोभिड–१९ महामारीका बाबजुद रियलमीको स्मार्टफोनले बिक्रीमा नयाँ कीर्तिमान कायम गरेको हो। सन् २०२० र २१ मा पनि रियलमीले आफ्नो बजार आक्रमक रुपमा विस्तार गर्‍यो। फल स्वरुपः सबैभन्दा धेरै १० करोड वटा स्मार्टफोन बिक्री गर्न सफल भएको हो।

तीन महिनामा ५३ प्रतिशतले बढ्यो सामसुङको नाफा

काठमाडौं। दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले पछिल्लो तीन महिनामा ५३ प्रतिशत नाफा कमाएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा कम्पनीको नाफा ५३ प्रतिशतले बढेको हो। कम्पनीका रिपोर्टअनुसार दोस्रो त्रैमासिकमा सामसुङको कुल आम्दानी पनि १९ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ७ करोड ६० लाख र दोश्रो त्रैमासिकमा जम्मा ५ करोड ९० लाख वटा स्मार्टफोन बिक्री गरेको हो।

स्मार्टफोन कम्पनी हुवावेले ल्यायो विद्युतीय कार

एजेन्सी। विद्युतीय उपकरण तथा स्मार्टफोन उत्पादक कम्पनी हुवावेले आफ्नो पहिलो इलेक्ट्रोनिक एसयूभी (कार) हुवावे एसएफफाइभ बजारमा ल्याएको छ। संसारमै विद्युतीय कारको माग बढ्दै गइरहेको अवस्थामा हुवावेले साइरस कम्पनीसँग मिलेर सो कार बनाएको हो र त्यसलाई ‘एसईआरईएस’ ब्रान्डअन्तर्गत बिक्री गरिनेछ। अहिले चिनियाँ बजारमा उपलब्ध उक्त कार बिस्तारै अन्यत्र लैजाने कम्पनीको योजना छ।

चिनियाँ फोन शाओमीले एप्पललाई पछि पार्यो, यी हुन् सर्वाधिक लोकप्रिय स्मार्टफोन

काठमाडौं । इन्टरनेशनल डाटा कर्पोरेसनले चालु वर्ष सन् २०२० को तेश्रो त्रैमासिक अवधिमा विश्व बजारमा बिक्री भएका स्मार्टफोनसँग सम्बन्धित रिपोर्ट सार्वजनिक गरेको छ । जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनीको पहिलो …

गुणस्तरअनुसार सामसङका स्मार्टफोन महँगा होइनन् : प्रणयरत्न स्थापित

सामसङ नेपाल कोरियाको सामसङ कम्पनीको नेपालका लागि प्रतिनिधि कम्पनी हो । नेपालमा बिक्री हुने सामसङ मोबाइल सामसङ

सामसङ जे सेभेनमा डुअल क्यामरा

मोबाइलमा डुखल क्यामरा राख्ने दौडमा सामसङको मिड रेन्ज फोन जे सेभेन पनि मिसिएको छ । विश्वकै सबैभन्दा बढी स्मार्टफोन बिक्री हुने कम्पनीको रुपमा निरस्तर स्थान बनाउँदै आएको सामसङले जे सिरिजमा डुअल क्यामराको सुरुवात जे सेभेनको नयाँ मोडेल जे सेभन डिओबाट गरेको हो ।