चिनियाँ बजारमा बीवाइडीको हिस्सा एकतिहाई बढी, टेस्ला पाँचौंमा पुग्यो

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल (एनईभी) बजारमा बिवाइडीको हिस्सा एकतिहाई बढी पुगेको छ । गत महिना (अक्टोबर)मा चिनियँँ बजारमा बिक्री भएका एनईभी मध्ये बीवाइडीको हिस्सा ३५.७ प्रतिशत रहेको हो । गत महिना चीनमा झण्डै १४ लाख न्यू इनर्जी भेहिकल बिक्री भएको छ । जसमा बीवाइडीले मात्रै ५ लाख ५२६ युनिट बिक्री गर्न सफल भएको […]

सम्बन्धित सामग्री

चीनमा ईभीको बजार हिस्सा उथलपुथल हुँदै

काठमाडौं । चिनियाँ बजारमा न्यू इनर्जी भेहिकल उत्पादकहरुको मार्केट सेयर उथलपुथल भइरहेको छ । उत्पादन र बिक्रीको आधारमा बीवाइडी सबैभन्दा अगाडि रहँदा अन्य उत्पादक बीच दोस्रो स्थानको लागि तिब्र प्रतिस्पर्धा सुरु भएको हो । पछिल्लो दुई वर्षदेखि मासिक ३५ देखि ४० प्रतिशत बजार हिस्सासहित बीवाइडी पहिलो स्थानमा छ । तर, दोस्रो स्थानको लागि टेस्ला, जीएसी […]

प्रिमियम सेग्मेन्टमा ‘आयोनीक-फाइभ’लाई अब्बल बनाउने ५ कारण

काठमाडौं । विद्युतीय कारको बजार हिस्सा पछिल्ला महिनामा ७५ देखि ८० प्रतिशतसम्म पुग्न थालेको छ । विशेषगरी २५ लाखदेखि ६५ लाख मूल्य भित्र पाइने विद्युतीय कारले बजारमा आफुलाई बलियोसँग स्थापित गरेको देखिन्छ । प्रिमियम सेग्मेन्टमा पनि बीएमडब्लू, टेस्ला, अउडी, बीवाइडी, किया, हुन्डाई हुँदै दिपलसम्मले कार बजारमा ल्याएका छन् । यी ब्राण्डले प्रिमियम सेग्मेन्टमा बिक्री गर्दै […]

विश्वकै ठूलो ईभी बजारमा कुन ब्राण्डको हिस्सा कति ?

काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकलको बजार चीन बनेको छ । चीनमा सन् २०२३ मा बीवाइडीले अघिल्ला वर्षको भन्दा ५० प्रतिशत बढी न्यू इनर्जी भेहिकलको बिक्री गरेको हो । यति ठूलो बजारमा प्रतिस्पर्धा पनि निकै बढ्दै गएको छ । तर, टेस्ला बाहेक अन्य सबै न्यू इनर्जी भेहिकल चीनमा बिक्री गर्ने त्यहिका अटोमोवाइल कम्पनी […]

विजुली कार उत्पादन गर्ने ठूला ५ कम्पनी, टेस्ला पहिलो हुँदा अन्य ब्राण्ड कहाँ ?

काठमाडौं । ब्याट्रीबाट चल्ने कार उत्पादनमा अमेरिकी कम्पनी टेस्ला निकै अगाडि देखिएको छ । तर, चिनियाँ कम्पनी बीवाइडीको तिब्र बिस्तारले टेस्लाको पहिलो स्थान कति समय टिक्छ, एकिन साथ भन्न सकिने अवस्था छैन । सन् २०२३ को तेस्रो क्वाटर (जनवरी–सेप्टेम्बर) सम्मको बिक्री अनुसार टप ५ भित्र परेका ठूला कम्पनीले आफ्नो बिक्री र बजार हिस्सा बढाएका छन् […]

एलन मस्कसँग किन रिसायो ताइवान ?

टेस्ला, स्पेस एक्स, तथा एक्स (ट्वीटर)का मालिक अर्बपति एलन मस्क आफ्ना भनाइ तथा कामहरुका कारण निरन्तर चर्चा र विवादमा आइरहेका हुन्छन् । पछिल्लोपटक ताइवानसम्बन्धी उनको अभिव्यक्ति निकै विवादास्पद बनिरहेको छ र स्वयं ताइवानले नै कडा टिप्पणी गरेको छ । मस्कले ताइवान टापु चीनको एउटा हिस्सा भएको भन्ने अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै ताइवानले आफु बिक्रीमा […]

विश्वभर विद्युतीय गाडीको बजार हिस्सा १० प्रतिशत, नेपालमा अझै बढी

काठमाडौं । विश्वभर विद्युतीय सावरीसाधनको माग उच्च रहेको छ । अहिले विद्युतीय कार उत्पादनमा आक्रमक तरिकाले लागेका बीवाइडी र टेस्ला जस्ता कम्पनीको कारण न्यू इनर्जी भेहिकलको मासिक विक्री ८ लाख यूनिट पुग्न लागेको हो । क्लीनटेक्नीका डटकमका अनुसार सन् २०२२ को सेप्टेम्बर महिनाबाट विश्वभर मासिक ८ लाख यूनिट कार विक्री हुनेछ । यो तथ्यांक अनुसार […]

भारतमा प्लान्ट लगाउन कर छूट नपाएपछि आयातीत कार नै बेच्ने तयारीमा टेस्ला

पुस ३०, काठमाडौं। अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले भारतमा टेस्लाको प्लान्ट लगाउन चुनौतीको सामना गर्नु परेको छ । टेस्लाका संस्थापक एलन मस्कका अनुसार भारतमा कार उत्पादन ल्याउन सरकारी स्तरमै धेरै चुनौतीको सामना गर्नु परिरहेको बताएका छन् । प्लान्ट लगाउन मागेको कर छुटमा कुरा नमिलेपछि उनले भारतीय अटो बजारमा टेस्लाका तीन ओटा मोडल ल्याउने तयारि गरिरहेका छन् । अमेरिकामा बनेका कार भारतीय बजारमा ल्याउन पनि आयात शुल्कमा छुट दिनसपर्ने मस्कको माग छ । जानकारहरुका अनुसार मस्कले सरकारसँग कर छूटको लागि मोलमोलाई गरिरहेका छन्, जसमा तत्काल सफलता मिल्ने सम्भावना भने देखिदैन । मस्कले एक वर्षअघि नै भारतको बैंगलोरमा ‘टेस्ला इण्डिया मोटर्स इण्ड इनर्जी प्राली’ नामको कम्पनी दर्ता गरेर भारतबाटै कार उत्पादन गर्ने योजना सार्वजनिक गरेका थिए । अहिले कम्पनीले ३ ओटा मोडलका विद्युतीय कार ल्याएर बेच्ने योजना अघि सारेको भारतीय सञ्चार माध्यमले बताएका छन् । भारतीय अटो बजारमा टेस्लालाई चुनौती टेस्लाले भारतमा कार उत्पादन गर्नुको सट्टा आयातीत कार बेच्न चाहेको धेरै मञ्चहरुमा बताउँदै आएको छ । त्यसका लागि पनि टेस्लाले भारत सरकाले आयात शुल्क घटाओस भन्ने चाहेको छ ।  तर सरकारी अधिकारीहरुले भने टेस्लाले पहिला भारतमा आएर कार उत्पादन शुरु गर्नुपर्ने र त्यसपछि सरकारले कुन कुन कुरामा छुट दिने भन्ने विचार गर्न सकिने बताएका छन् । सरकारी स्रोतका अनुसार टेस्लालाई मात्रै छुट दिएर पुरै उद्योगमा गलत सन्देश दिन सरकारले चाहेको छैन । किनकी भारतमा अहिले विद्युतीय सवारी साधन उत्पादन गरिरहेका धेरै कम्पनीहरुले अर्बौ डलर लगानी गरिसकेका छन् । टेस्लालाई मात्रै कर छुट दिएर उनीहरुको लगानीलाई सरकारले जोखिममा पार्न नचाहेको स्पष्ट छ । भारतीय अटो बजारका विज्ञका अनुसार भारतको विद्युतीय अटो बजारमा  प्रतिस्पर्धा गर्न टेस्लालाई त्यति सजिलो पनि छैन । यहाँ टाटा वा महिन्द्र जस्ता कम्पनीका साथै मारुती,  हुण्डाई, एमजी, मर्सिडीज, ओडी जस्ता कम्पनीले पहिलेदेखि नै बजारमा पकड जमाएका छन् । यस्तोमा एक वा दुई मोडलका मात्रै कार बेच्न टेस्लाको लागि भारतीय बजार धेरै चुनौतीपूर्ण रहेको उनीहरुको भनाई छ । ८ वर्षभित्र विद्युतीय सवारीको हिस्सा ७० % सम्म पुर्‍याउने सरकारले भारतमा सन २०३० सम्म निजी सवारी साधनमा ३० प्रतिशत, सार्वजनिक सवारी साधनमा ४० प्रतिशत र दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधनमा ७० प्रतिशतसम्म विद्युतीय सवारी साधनको हिस्सा पुर्‍याउने घोषणा गरिसकेको छ । यसबाट तेलको आयातामा विदेशीने पैसा जोगिने र विदेशी मुद्रा सञ्चिती बढ्ने सरकारले विश्वास लिएको छ ।   भारतमा विद्युतीय सवारी साधनको बजार तीब्र गतिमा विस्तार भइरहेको छ । मोरडोर इन्टेलिजेन्सको एक रिपोर्ट अनुसार भारतमा विद्युतीय सवारी साधनको बजार सन २०२६ सम्ममा ४७ अर्ब अमेरिकी डलरको पुग्ने अनुमान गरिएको छ । रिपोर्टमा भनिएको छ ‘कोरोना संकट हँदा पनि भारत सरकारको नीतिका कारण विद्युतीय सवारी साधनको बजार सोचेभन्दा बढि वृद्धि भएको छ ।’ (एजेन्सीको सहयोगमा)