सीसीडी रेसियो खारेज, अब निक्षेपको ९० प्रतिशत कर्जा लगानी गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) खारेज गरेको छ । केन्द्रीय बैंकले सीसीडी रेसियो खारेज गर्दै कर्जा निक्षेप अनुपात सीडी रेसियो तोकेको छ । आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूले २०७९ असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सीडी) अधिकतम...

सम्बन्धित सामग्री

लागत घटेपछि बैंक कर्जाको ब्याजदर सस्तो

काठमाडौं। वाणिज्य बैंकहरूमा पूँजीको लागत घटेपछि ऋणको ब्याजदर सस्तो भएको छ । तरलताको अवस्था सहज भएपछि निक्षेपको ब्याजदर घटाउनुका साथै नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार स्प्रेडदर (बैंकहरूले निक्षेपमा दिने र कर्जामा लिने औसत ब्याजदरबीचको अन्तर) समेत समायोजन गर्दा गत आर्थिक वर्ष (आव) २०७९/८० को असारमा बैंकहरूको आधारदर घटेपछि ऋणीहरूलाई राहत भएको हो ।  प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार २०८० असारमा वाणिज्य बैंकहरूको औसत आधारदर १० दशमलव १२ प्रतिशत कायम भएको छ । अघिल्लो आवको यस अवधिमा बैंकहरूको औसत आधारदर ९ दशमलव ३२ प्रतिशत रहेकोमा बढेर आव २०७९/८० को पुसमा १० दशमलव ६५ प्रतिशतसम्म पुगेको थियो । माघबाट भने आधारदर घट्न थालेको हो ।  तरलता अभावसँगै बैंकहरूले लगातार बढाएको ब्याजदर फागुनदेखि घटाउन थालेका थिए । २०७९ पुसमा वाणिज्य बैंकको निक्षेपमा ब्याजदर १२ दशमलव ३३ प्रतिशतसम्म पुगेको थियो । २०८० वैशाखदेखि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर एकल अंक अर्थात् ९ दशमलव ९९ प्रतिशत कायम गरेकोमा साउनदेखि बैंकले आफै निर्धारण गर्न पाउने निर्णय गरेका छन् । यसैगरी राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले स्प्रेडदर २०८० असारदेखि ४ प्रतिशतमा झारेका छन् । स्प्रेडदर कायम गर्न समेत बैंकहरूले ब्याजदर घटाएका छन् । असारमा २० ओटा बैंकमध्ये १२ को स्प्रेडदर ४ प्रतिशतभन्दा कम छ । ८ ओटाको स्प्रेडदर ४ प्रतिशभन्दा बढी छ । मर्जरमा सहभागी बैंकलाई भने एक प्रतिशत विन्दु बढीसम्म स्प्रेडदर छूट छ । असारमा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव शून्य २ प्रतिशत रहेको छ । सबैभन्दा बढी कुमारी बैंकको १० दशमलव ९० प्रतिशत रहेको छ । यसैगरी एभरेष्ट, नेपाल इन्भेष्टमेण्ट मेगा, नेपाल, नबिल, एन.आई.सी. एशिया, सिद्धार्थ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधारदर पनि एकल अंकमा छ ।  राष्ट्र बैंकको आधारदर निर्धारणसम्बन्धी कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो लागतमा शून्य दशमलव ७५ प्रतिशत प्रतिफल जोडेर आधारदर निर्धारण गर्छन् । बैंकहरूले उक्त आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् । नयाँ कर्जा लगानी गर्दा पछिल्लो ३ महीनाको आधारदर लिनुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार प्रत्येक त्रैमासिकमा बैंकको औसत आधारदर घट्दा कर्जाको ब्याजदर स्वत: घट्ने र बढ्दा स्वत: बढ्ने प्रावधान छ ।  हाल वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेका छन् । एकपटक कर्जा सम्झौतामा तोकिएको प्रिमियम परिवर्तन गर्न पाइँदैन ।

ऋण दिन नसक्ने अवस्थामा बैंक : ९ बैंकले मात्रै कायम गरे सीडी रेसियो

१३ वैशाख, काठमाडौं । अधिकांश ‘क’ वर्गका बैंकहरुले नेपाल राष्ट्र बैंकको नीति विपरीत कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्नुपर्छ । तर ९ वटा बैंकहरुको मात्रै सीडी रेसियो सीमाभित्र रहेको छ । बैंकहरुले मनपरी ढंगले कर्जा दिदा अहिले बजारमा लगानी योग्य रकमको […]

बैंकहरुको सीडी रेसियो सीमा भन्दा माथि, निक्षेप बराबर नै कर्जा लगानी

१४ चैत, काठमाडौं । चैत दोस्रो साता पनि वाणिज्य बैंकहरुको निक्षेप संकलन दयनीय देखिएको छ । बैंकर्स संघका अनुसार पछिल्लो साता २७ वाणिज्य बैंकको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९१ प्रतिशत भन्दा माथि छ । नेपाल राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । तर अधिकांश बैंकले सीडी रेसियोलाई सीमाभित्र कायम राख्न […]

वाणिज्य बैंकको कर्जा निरन्तर बढ्दा निक्षेप घट्दै, औसत सीडी ८९.८७ प्रतिशत

काठमाडौं । कार्तिक लागेपछि पनि बैंकहरूमा निक्षेप बढ्न नसकदा र कर्जा लगानी नरोकिँदा वाणिज्य बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत छुन लागेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको कार्तिक १७ गतेसम्मको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ८९.८७ प्रतिशत पुगेको छ । लगानीयोग्य पुँजीको अभावका बाबजुद पनि कार्तिक लागेपछि सञ्चालनमा...

बैंकहरू थप लगानी गर्न नसक्ने अवस्थामा

नेपाल राष्ट्र बैंकले तोकेको निक्षेप–कर्जा (सिडी) अनुपात नाघ्न लागेपछि बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । कर्जा मागको अनुपातमा निक्षेप वृद्धि हुन नसकेपछि बैंकहरुमा तरलताको अभाव छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको कुल सिडी अनुपात ८८.९२ प्रतिशत पुगिसकेको छ । हुनत राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत असार मसान्तसम्ममा सिडी अनुपात ९० प्रतिशतभित्र राख्नुपर्ने बताएको छ । तर पनि बैंकहरुले सिडी अनुपात ९० प्रतिशत बढाएर कर्जा लगानी गर्दा आफैँलाई असुविधा हुने कारण सचेत र

सीडी रेसियोको दबाबमा बैंकहरु: ६ बैंकको सीडी ९० प्रतिशतमाथि, कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु मौद्रिक नीतिमार्फत् कार्यान्वयनमा ल्याएको सीडी रेसियोको कारण केही बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवसथामा पुगेका छन् ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८–०७९ को लागि ल्याएको मौद्रिक नीतिमार्फत ८५ प्रतिशतको कर्जा–स्रोत परिचालन अनुपात  (सीसीडी) रेसियोलाई  खारेज गर्दै ९० प्रतिशत कर्जा निक्षेप परिचालन अनुपात (सीडी)...

चौथो त्रैमासमा समीट लघुवित्तको नाफा २०१ % ले वृद्धि

साउन १८, काठमाडौं ।  समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा नाफा २०१ प्रतिशतले वृद्धि भएको छ ।  अघिल्लो आवमा रू. ३ करोड ९७ लाख १९ हजार नाफा कमाएको उक्त  कम्पनीको नाफा गत आवमा वृद्धि भएर रू. ११ करोड ९८ लाख पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।  खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ७२ प्रतिशत र सञ्चालन नाफा २६२ प्रतिशतले वृद्धि भएको हो । चुक्तापूँजी रू. ३९ करोड ४३ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. २१ करोड ७८ लाख सञ्चित गरेको छ ।   गत आवको चौथो त्रेमाससम्ममा कम्पनीले रू. २ अर्ब ८० करोड ४६ लाख सापटि लिएर, रू. १ अर्ब ५ करोड ६ लाख निक्षेप संकलन गरेर रू. ४ अर्ब २८ करोड २० लाख कर्जा लगानी गरेको छ ।  सो अवधिमा कम्पनीको निष्क्रिय कर्जा भने वृद्धि भएको छ । अघिल्लो आवमा निष्क्रिय कर्जा २ दशमलव ९० प्रतिशत रहेकोमा गत आवमा वृद्धि भएर ४ दशमलव ८८ प्रतिशत पुगेको हो । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. ३० दशमलव ३८,मूल्य आम्दानी अनुपात ५५ दशमलव ७९ गुणा, तरलता अनुपात ११ दशमलव शून्य ३ प्रतिशत र प्रतिेशेयर नेटवर्थ रू. १५५ दशमलव २५ पुगेको हो ।

९ महीनामा नेपाल सेवा लघुवित्तले कमायो ६८ लाख ९९ हजार नाफा

वैशाख ३१, काठमाडौं । चालू आवको तेस्रो त्रैमाससम्ममा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले रू. ६८ लाख ९९ हजार नाफा कमाएको छ ।  गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ लाख ६२ हजार नाफा कमाएको थियो ।चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ४० करोड २७ लाखभन्दा बढी खराब कर्जा उठाएकाले नाफामा वृद्धि भएको हो ।   त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा ८७ प्रतिशतले वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ६ करोड १५ लाख रहेको कम्पनीले जगेडामा रू. १ करोड २५ लाख ४३ हजार सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ५९ करोड ५५ लाख ६३ हजार सापटि लिएर, रू. १२ करोड ३८ लाख ९७ हजार निक्षेप संकलन गरेर रू.७३ करोड ९९ लाख ९३ हजार कर्जा लगानी गरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ३३ दशमलव ६६, मूल्य आम्दानी अनुपात २४ दशमलव ६९,तरलता अनुपात ४० दशमलव ९० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२० दशमलव ४० रहेको छ ।  उक्त कम्पनी र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने प्रक्रियामा रहेकाले हाल नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का रहेको छ ।