लागत घटेपछि बैंक कर्जाको ब्याजदर सस्तो

काठमाडौं। वाणिज्य बैंकहरूमा पूँजीको लागत घटेपछि ऋणको ब्याजदर सस्तो भएको छ । तरलताको अवस्था सहज भएपछि निक्षेपको ब्याजदर घटाउनुका साथै नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार स्प्रेडदर (बैंकहरूले निक्षेपमा दिने र कर्जामा लिने औसत ब्याजदरबीचको अन्तर) समेत समायोजन गर्दा गत आर्थिक वर्ष (आव) २०७९/८० को असारमा बैंकहरूको आधारदर घटेपछि ऋणीहरूलाई राहत भएको हो ।  प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार २०८० असारमा वाणिज्य बैंकहरूको औसत आधारदर १० दशमलव १२ प्रतिशत कायम भएको छ । अघिल्लो आवको यस अवधिमा बैंकहरूको औसत आधारदर ९ दशमलव ३२ प्रतिशत रहेकोमा बढेर आव २०७९/८० को पुसमा १० दशमलव ६५ प्रतिशतसम्म पुगेको थियो । माघबाट भने आधारदर घट्न थालेको हो ।  तरलता अभावसँगै बैंकहरूले लगातार बढाएको ब्याजदर फागुनदेखि घटाउन थालेका थिए । २०७९ पुसमा वाणिज्य बैंकको निक्षेपमा ब्याजदर १२ दशमलव ३३ प्रतिशतसम्म पुगेको थियो । २०८० वैशाखदेखि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर एकल अंक अर्थात् ९ दशमलव ९९ प्रतिशत कायम गरेकोमा साउनदेखि बैंकले आफै निर्धारण गर्न पाउने निर्णय गरेका छन् । यसैगरी राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले स्प्रेडदर २०८० असारदेखि ४ प्रतिशतमा झारेका छन् । स्प्रेडदर कायम गर्न समेत बैंकहरूले ब्याजदर घटाएका छन् । असारमा २० ओटा बैंकमध्ये १२ को स्प्रेडदर ४ प्रतिशतभन्दा कम छ । ८ ओटाको स्प्रेडदर ४ प्रतिशभन्दा बढी छ । मर्जरमा सहभागी बैंकलाई भने एक प्रतिशत विन्दु बढीसम्म स्प्रेडदर छूट छ । असारमा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव शून्य २ प्रतिशत रहेको छ । सबैभन्दा बढी कुमारी बैंकको १० दशमलव ९० प्रतिशत रहेको छ । यसैगरी एभरेष्ट, नेपाल इन्भेष्टमेण्ट मेगा, नेपाल, नबिल, एन.आई.सी. एशिया, सिद्धार्थ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधारदर पनि एकल अंकमा छ ।  राष्ट्र बैंकको आधारदर निर्धारणसम्बन्धी कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो लागतमा शून्य दशमलव ७५ प्रतिशत प्रतिफल जोडेर आधारदर निर्धारण गर्छन् । बैंकहरूले उक्त आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् । नयाँ कर्जा लगानी गर्दा पछिल्लो ३ महीनाको आधारदर लिनुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार प्रत्येक त्रैमासिकमा बैंकको औसत आधारदर घट्दा कर्जाको ब्याजदर स्वत: घट्ने र बढ्दा स्वत: बढ्ने प्रावधान छ ।  हाल वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेका छन् । एकपटक कर्जा सम्झौतामा तोकिएको प्रिमियम परिवर्तन गर्न पाइँदैन । 

सम्बन्धित सामग्री

कर्जाको ब्याजदर घट्दै

काठमाडौं । बैंक, वित्तीय संस्थाहरूले निक्षेपमा ब्याजदर घटाएसँगै कर्जा पनि सस्तो हुन थालेको छ । निक्षेपको ब्याजदर घटाएपछि बैंकहरूको लागतसँगै आधारदर कम भएर कर्जाको ब्याजदर घट्न थालेको हो ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)को असोजमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १२ दशमलव ११ प्रतिशतमा झरेको छ । साउनमा कर्जाको औसत ब्याजदर १२ दशमलव २४ प्रतिशत थियो । साउनमा १० दशमलव ११ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधारदर असोजमा ९ दशमलव ९४ प्रतिशतमा झरेको छ । आधारदर घटेपछि कर्जाको ब्याजदर घटेको हो ।  साउनको तुलनामा असोजमा विकास बैंकहरूमा भने ब्याजदर बढेको छ । साउनमा विकास बैंकहरूको कर्जाको औसत ब्याजदर १३ दशमलव ८८ प्रतिशत रहेकोमा असोजमा १३ दशमलव ९१ प्रतिशत कायम भएको छ । भदौको तुलनामा भने असोजमा ब्याजदर घटेको छ ।  यसैगरी फाइनान्स कम्पनीहरूमा पनि कर्जाको औसत ब्याजदर घटेको छ । फाइनान्स कम्पनीहरूमा साउनमा १४ दशमलव ६६ प्रतिशत औसत ब्याजदर रहेकोमा असोजमा १४ दशमलव ६१ प्रतिशतमा झरेको छ ।  तरलता अभाव भएसँगै बैंकहरूले निक्षेपको ब्याजदर बढाएपछि लागत बढेर कर्जा पनि महँगो भएको थियो । पछिल्लो समय विष्रेषण आप्रवाहमा सुधार र आर्थिक गतिविधि बढेपछि बैंकमा निक्षेप बढिरहेको छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेपछि कर्जा पनि सस्तो हुन थालेको हो । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी आधारदर सस्तो भएको र बैंकहरूले प्रिमियम पनि घटाएकाले कर्जाको ब्याजदर घटिरहेको बताउँछन् । ‘अहिले निक्षेप वृद्धिको तुलनामा कर्जाको माग छैन,’ उनले भने, ‘बैंकहरूले लगानी बढाउन प्रिमियम पनि घटाएकाले कर्जा सस्तो भइरहेको छ ।’ मङ्सिर महीनामा अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएकाले आगामी दिनमा कर्जाको ब्याजदर पनि अझ घट्ने देखिएको छ ।  राष्ट्र बैंकको आधारदर निर्धारणसम्बन्धी कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो लागतमा शून्य दशमलव ७५ प्रतिशत प्रतिफल जोडेर आधारदर निर्धारण गर्न पाउँछन् । बैंकहरूले उक्त आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्दै आएका छन् । यही व्यवस्थाअनुसार प्रत्येक त्रैमासिकमा बैंकको औसत आधारदर घट्दा कर्जाको ब्याजदर स्वत: घट्ने र बढ्दा स्वत: बढ्ने प्रावधान छ । नयाँ कर्जा लगानी गर्दा पछिल्लो ३ महीनाको आधारदर लिनुपर्ने व्यवस्थाले कर्जाको ब्याजदर घटेको छ ।  यसैगरी मङ्सिर महीनामा अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएकाले आगामी दिनमा कर्जाको ब्याजदर पनि अझ घट्ने देखिएको छ । तरलता सहज भएपछि बैंकहरूले ब्याजदर तथा प्रिमियम घटाएर भए पनि कर्जा प्रवाह बढाउन थालेका छन् ।  राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक २१ गते बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ३१ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार अझै ५ खर्ब १४ रुपैयाँ थप कर्जा प्रवाह क्षमता रहेको छ ।  तरलता उच्च भएपछि बैंकहरूले ब्याजदर घटाएर कर्जा प्रवाहमा जोड दिएका छन् । यसले गर्दा कर्जा प्रवाह वृद्धि हुन थालेको छ । चालू आवको असोजसम्ममा बैंक, वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ दशमलव ८ प्रतिशत र कर्जा प्रवाह २ दशमलव ३ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा निक्षेप शून्य दशमलव ४ प्रतिशत र कर्जा १ दशमलव ३ प्रतिशतले बढेको थियो ।

सस्तिँदै कर्जाको ब्याजदर औसत आधार दर १० प्रतिशत, नौवटा बैंकको आधार दर एकल अंकमा

वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर सस्तिन थालेको छ । बाह्य क्षेत्रमा सुधार आइरहेको र रेमिट्यान्समा समेत वृद्धि हुँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको पर्याप्तता बढ्न थालेको छ । निक्षेपमा उल्लेख्य वृद्धि हुँदै...

सबै सूचक अनुकूल हुँदा पनि घटेन कर्जाको ब्याजदर

पछिल्ला केही महिनायता बैंक तथा वित्तीय संस्थाका सूचक सकारात्मक बने पनि कर्जाको ब्याजदर घटेको छैन । उनीहरूले कर्जाको ब्याजदर क्रमशः घट्दै जाने बताउन थालेको धेरै महिना भएको छ । तर, ब्याजदर घट्न सकेको छैन । यही कारण बजारमा कर्जाको माग आउन सकेको छैन । बैंकहरूको कर्जा दिन सक्ने क्षमता बढ्दै गएको तर कर्जा लगानी नभएपछि […]

सस्तिँदै कर्जाको ब्याजदर

वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर घट्दै जाने देखिएको छ । वाणिज्य बैंकहरूको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार आधारदर घटेको छ । यसले कर्जाको ब्याजदर अझै सस्तिने देखिएको हो । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको अभाव हुन...

बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तर घटाइयो

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तरको सीमा घटाएको छ।राष्ट्र बैंकको आयतबार साँझ बसेको सञ्चालक समितिको बैठकले वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर चार दशमलव चार प्रतिशतबाट चार प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर पाँच प्रतिशतबाट चार दशमलव छ प्रतिशत कायम गर्ने निर्णय गरेको हो। यसबाट बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदर

निक्षेपको ब्याजदर स्थिर, महँगिँदै कर्जा

कात्तिकमा वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर बढाउने भएका छन् । असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरूले लागत बढ्ने भएपछि कर्जाको ब्याजदर वृद्धि हुने भएको हो । गत साउनदेखि पुरानो ऋणको ब्याजदर नबढाएका बैंक तथा...

बैंक कर्जाको ब्याजदर १८ प्रतिशत पुग्यो, ऋणीलाई तनाव

तरलता अभावकाबीच बैंक कर्जाको ब्याजदर उच्च विन्दुमा पुगेको छ । ‘क’ वर्गको वाणिज्य बैंकहरुले प्रदान गर्ने कर्जाको ब्याजदर नै १८ प्रतिशत हाराहारी पुगेको हो । उसो त असोज महिनाका लागि वाणिज्य बैंकहरुले निक्षेपमा नै अधितम १२.१३ प्रतिशत ब्याजदर प्रदान गरिसकेका छन् । सामान्य बचतमा नै ६ देखि ८ प्रतिशत ब्याजदर प्रदान गरेका बैंकहरुले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर प्रदान गरेका हुन् ।अघिल्लो महिना यस्तो ब्याजदर मुद्दती निक्षेपमा बैंकहरुले ११.०३ प्रतिशतसम्म दिएका थिए । तर, असोज महिनाका ल

कर्जाको ब्याजदर दोहोरो अंकमा

वैशाख २, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर दोहोरो अंकमा पुगेको छ । निक्षेपको ब्याजदरसँगै बैंकहरूको लागत बढेपछि कर्जाको ब्याजदर महँगो भएको हो ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनअनुसार फागुनमा बैंकहरूको कर्जामा औसत ब्याजदर साढे १० प्रतिशत नाघेको छ । माघबाट बैंक, वित्तीय संस्थाको औसत ब्याजदर दोहोरो अंकमा पुगेको हो ।  चालू आर्थिक वर्ष (आव) को साउनमा बैंक कर्जामा औसत ब्याजदर ८ दशमलव ४८ प्रतिशत थियो । तरलता अभाव भएसँगै बैंकहरूले निक्षेप तान्न ब्याजदर बढाएपछि कर्जाको ब्याजमा पनि दबाब बढेको हो ।  यसैगरी निक्षेपको ब्याजदर पनि चालू आवमा झन्डै दोब्बर भएको छ । गत साउनमा बैंक, वित्तीय संस्थाले निक्षेपमा वार्षिक औसत ४ दशमलव ७६ प्रतिशत ब्याज दिन्थे । फागुनमा त्यो औसत ८ दशमलव ७३ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ ।  तरलता अभाव हुन थालेपछि असोजदेखि बैंक, वित्तीय संस्थाबीच बचतको ब्याजदर बढाएर निक्षेप तान्ने प्रतिस्पर्धा शुरू भयो । ब्याजदर बढाउने अस्वस्थ प्रतिस्पर्धा रोक्न कात्तिकमा केन्द्रीय बैंकले हस्तक्षेप नै गर्नुपर्‍यो । कात्तिक २ गते एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले एकपटकमा १० प्रतिशतभन्दा बढीले ब्याजदर घटबढ गर्न नपाइने व्यवस्था गर्‍यो ।  उक्त हस्तक्षेपका कारण बैंकहरूको ब्याजदर अनियन्त्रित हुन नपाएको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेल दाबी गर्छन् । ‘राष्ट्र बैंकले निर्देशन जारी नगरेको भए यतिबेला कर्जाको ब्याजदर १८ प्रतिशत पुग्थ्यो,’ उनले भने, ‘राष्ट्र बैंकको निर्देशनकै कारण बचत र कर्जाको ब्याजदर संयमित अवस्थामा छ ।’  वाणिज्य बैंकहरूले आफ्ना प्रमुख कार्यकारी अधिकृतहरूको संगठन नेपाल बैंकर्स संघमार्फत भद्र सहमति गरी ब्याजदर स्थिर राख्ने प्रयास गरिरहेका छन् । राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार बैंकहरूले फागुनमा १० प्रतिशतले ब्याजदर बढाए पनि चैत र वैशाखमा सोही ब्याजदर कायम राखेका छन् । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा ११ दशमलव शून्य ३ प्रतिशत ब्याजदर दिँदै आएका छन् । रेमिट्यान्स मुद्दतीमा भने थप १ प्रतिशत विन्दुले बढी ब्याजदर दिने गरेका छन् ।  बचतको ब्याजदर बढाएपछि बैंकहरूको आधारदर समेत वृद्धि भएको छ । वाणिज्य बैंकहरूको औसत आधारदर २०७७ फागुनमा ६ दशमलव ८४ प्रतिशत रहेकोमा २०७८ फागुनमा ८ दशमलव ९८ प्रतिशत कायम भएको छ । बैंकहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्ने भएकाले आधारदर वृद्धि हुँदा कर्जाको ब्याजदरसमेत बढ्ने गरेको छ ।  चालू आवको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४ दशमलव १ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह भने १२ दशमलव ८ प्रतिशतले बढेको छ । बैंकहरूको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह उच्च भएकाले बजारमा तरलता अभाव हुँदै आएको छ । तरलता अभावकै कारण पछिल्लो समय बैंकहरूको नयाँ कर्जा प्रवाह ठप्प जस्तै छ । आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

महँगियो कर्जाको ब्याजदर

वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर महँगो हुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा बैंकहरूको आधारदर वृद्धि भएपछि कर्जाको ब्याजदरसमेत बढ्ने भएको हो । चालू आवको पुससम्मको वित्तीय विवरणमा बैंकहरूको औसत आधारदर १ दशमलव २१ प्रतिशत विन्दुले बढेको छ । २०७७ पुसमा वाणिज्य बैंकहरूको औसत आधारदर ७ दशमलव १९ प्रतिशत रहेकोमा २०७८ पुसमा ८ दशमलव ४० प्रतिशत पुगेको छ । आधारदर वृद्धि भएपछि पुराना ऋणीहरूको हकमा क...

कर्जाको ब्याजदर महँगियो

काठमाडौं । वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर महँगो हुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा बैंकहरूको आधारदर वृद्धि भएपछि कर्जाको ब्याजदरसमेत बढ्ने भएको हो । चालू आवको पुससम्मको वित्तीय विवरणमा बैंकहरूको औसत आधारदर १ दशमलव २१ प्रतिशत विन्दुले बढेको छ । २०७७ पुसमा वाणिज्य बैंकहरूको औसत आधारदर ७ दशमलव १९ प्रतिशत रहेकोमा २०७८ पुसमा ८ दशमलव ४० प्रतिशत पुगेको छ । आधारदर वृद्धि भएपछि पुराना ऋणीहरूको हकमा कर्जाको ब्याजदर स्वतः वृद्धि हुन्छ भने नयाँ ऋणका लागि समेत बैंकहरूले उक्त आधारदरमा प्रिमियम निर्धारण गरी कर्जा दिने भएकाले कर्जा महँगो हुन्छ । बैंक तथा वित्तीय संस्थाको त्रैमासिक आधारदरका आधारमा कर्जाको ब्याजदर स्वतः घटबढ हुने व्यवस्था छ । बैंकहरूको वित्तीय विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकको ६ दशमलव ६० प्रतिशत रहेको छ भने सबैभन्दा उच्च आधारदर सिभिल बैंकको ९ दशमलव ७४ प्रतिशत रहेको छ । चालू आवको शुरुआतदेखि नै बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अभाव हुन थालेपछि बैंकहरूले बचतको ब्याजदर वृद्धि गर्दै लगेका थिए । यसको कारण पूँजीको लागत वृद्धि हुन गई आधारदरसमेत बढेको हो । बैंकहरूबीच निक्षेपको ब्याजदर भएको प्रतिस्पर्धामा राष्ट्र बैंकले हस्तक्षेप गरेपछि आधारदरसमेत एकल अंकमै सीमित भएको हो । बैंकहरूको बचतको ब्याजदर बढाउँदै १२ प्रतिशत पुर्‍याएपछि कात्तिकमा राष्ट्र बैंकले हस्तक्षेप गरी एकल अंकभित्र राख्न मौखिक दबाब दिएको थियो । यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले एकपटकमा १० प्रतिशतभन्दा बढीले ब्याजदर घटबढ गर्न नमिल्ने गरी निर्देशन नै जारी गरेको थियो । उक्त व्यवस्थाअनुसार ब्याजदर वृद्धि गर्दा पनि अहिले निक्षेपको अधिकतम ब्याजदर ११ प्रतिशतभन्दा मुनि कायम छ । कर्जाको ब्याजदर पारदर्शी तथा प्रतिस्पर्धी बनाउन राष्ट्र बैंकले २०६९/७० को मौद्रिक नीतिमा आधारदर लागू गर्ने घोषणा गरेको थियो । उक्त व्यवस्थाअनुसार २०६९ सालबाट वाणिज्य बैंकहरूमा तथा २०७० बाट विकास बैंक तथा फाइनान्स कम्पनीहरूमा यो व्यवस्था लागू गरेको हो । आधारदर निर्धारणसम्बन्धी कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो लागतमा शून्य दशमलव ७५ प्रतिशत प्रतिफलसमेत जोडेर आधारदर तय गर्न पाउँछन् । बैंकहरूले मासिक रूपमा आधारदर गणना गरी महीना सकिएको ७ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने र वेबसाइटमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ । बैंकहरूले कर्जाको ब्याजदर प्रकाशित गर्दा पनि आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गर्ने व्यवस्था कार्यान्वयन गर्छन् । यही व्यवस्थाअनुसार प्रत्येक त्रैमासिकमा बैंकको आधारदर घट्दा कर्जाको ब्याजदर स्वतः घट्ने र बढ्दा स्वतः बढ्ने गरेको छ । यसैगरी सर्वसाधारणले पनि बैंकहरूको आधारदर हेरेर कर्जाको ब्याजदरमा बार्गेनिङ गर्ने थालेका छन् ।