साउन १८, काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा नाफा २०१ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आवमा रू. ३ करोड ९७ लाख १९ हजार नाफा कमाएको उक्त कम्पनीको नाफा गत आवमा वृद्धि भएर रू. ११ करोड ९८ लाख पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।
खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ७२ प्रतिशत र सञ्चालन नाफा २६२ प्रतिशतले वृद्धि भएको हो । चुक्तापूँजी रू. ३९ करोड ४३ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. २१ करोड ७८ लाख सञ्चित गरेको छ ।
गत आवको चौथो त्रेमाससम्ममा कम्पनीले रू. २ अर्ब ८० करोड ४६ लाख सापटि लिएर, रू. १ अर्ब ५ करोड ६ लाख निक्षेप संकलन गरेर रू. ४ अर्ब २८ करोड २० लाख कर्जा लगानी गरेको छ ।
सो अवधिमा कम्पनीको निष्क्रिय कर्जा भने वृद्धि भएको छ । अघिल्लो आवमा निष्क्रिय कर्जा २ दशमलव ९० प्रतिशत रहेकोमा गत आवमा वृद्धि भएर ४ दशमलव ८८ प्रतिशत पुगेको हो ।
त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. ३० दशमलव ३८,मूल्य आम्दानी अनुपात ५५ दशमलव ७९ गुणा, तरलता अनुपात ११ दशमलव शून्य ३ प्रतिशत र प्रतिेशेयर नेटवर्थ रू. १५५ दशमलव २५ पुगेको हो ।