काठमाडौं। चीनले नेपाललाई थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आज चिनियाँ राजदूत होउ यान्छी र प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चीन सरकारले सोही मात्रामा खोप उपलब्ध गराउने जनाएको बताइएको छ। भेटमा प्रधानमन्त्री देउवाले चीन सरकारले खोप सहयोग गरेको प्रति धन्यवाद दिँदै कोभिड–१९ विरुद्धको लडाईंमा चिनियाँ सहयोग प्रति धन्यवाद दिएका थिए।