यो महिनाको अन्त्यबाट चलचित्रकर्मीका लागि खोप उपलब्ध गराउने सरकारको तयारी

नेपाल सरकारले चलचित्रकर्मीहरुलाई पनि खोप उपलब्ध गराउने भएको छ । यो महिनाको अन्त्यसम्म चलचित्र विकास बोर्डले चलचित्रकर्मीहरुका लागि खोप उपलब्ध गराउने बताएको छ । चलचित्र विकास बोर्डले चलचित्रकर्मीका लागि ३ देखि ५ हजार खोपको माग गर्दै आएको थियो । सरकारले खोप उपलब्ध गराउने आश्वासन दिएपछि यतिबेला चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सूची बनाउन आग्रह गरेको […]

सम्बन्धित सामग्री

आइपुग्यो, भुटान सरकारले दिएको खोप

काठमाण्डाै – भुटान सरकारले दिएको एस्ट्राजेनेका खोप काठमाण्डाै आइपुगेको छ । भुटानको ड्रुक एअरलाइन्सको विमानले बिहान ९ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको हो ।  भुटानले तीन लाख डाेज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । घोषणा अनुसारको खोप आए नआएको निश्चित भने भएको छैन । अहिले १४ लाख भन्दा धेरै ज्येष्ठ नागरिक कोभिसिल्डको पर्खाइमा छन् । जापानबाट भोलि र पर्सि आइपुग्ने खोप र भुटानबाट आएको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई दिने सरकारको तयारी छ ।

१८ वर्षमाथिका सबैलाई खोप दिने सरकारको तयारी

काठमाडौं, २ साउन । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानलाई सरकारले तीव्रता दिने भएको छ । नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेसँगै मातहतका निकायले कामलाई तीव्रता दिएका हुन् । तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालयका अनुसार १८ […]

आज भारतबाट १० लाख कोरोना खोप काठमाडौँ ल्याइँदै

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।